• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी : समसामयिक ३० वस्तुगत प्रश्नोत्तर – भाग २

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार

  • ७५४ पटक पढिएको
  • १. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएको हो ?
     वि.सं. २०७८ फागुन १५
    – सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदनका लागि भएको समझदारीबमोजिम सम्झौता पारित भएको ।
    – अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा नेपालको संविधानको धारा २७९ र प्रतिनिधि सभा नियमावलीको नियम २३० बमोजिम सभाले सम्झौताको अनुमोदन गरेको ।
    – सम्झौताको संसदीय अनुमोदनसँगै अब सम्झौता कार्यान्वयनमा आउने ।
    – प्रतिनिधि सभामा दर्ता भएको ३१ महिनापछि सम्झौता अनुमोदन भएको । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा २०७६ असार ३० मा सम्झौता दर्ता गरिएको थियो ।
    – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायअनुसार संसद्मा दर्ता गरिएको थियो । कानुनकै रायअनुसार प्रतिनिधि सभाको साधारण बहुमतबाट अनुमोदन गरिएको । अन्य सन्धि भने सङ्घीय संसद्को दुवै सदनबाट अनुमोदनको अभ्यास रहेको ।

    २. महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध कहिले सुरु भएको हो ?
     सन् २०२२ फेब्रुअरी २४
    – रुसले युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई सन् २०२२ फेबु्रअरी २१ मा स्वतन्त्र राज्यको मान्यता दिई त्यहाँ शान्ति स्थापनाको नाममा सन् २०२२ फेब्रुअरी २२ मा आफ्नो सेना पठाएसँगै युद्धको सुरुवात भएको हो ।
    – साथै युक्रेनले नेटोको सदस्यता लिने तयारी गरिरहेको कुरा पनि रुसलाई स्वीकार्य छैन ।
    – युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले फेब्रुअरी २२ मा राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी हस्तक्षेप अस्वीकार्य भएको बताएका ।
    – यसअघि सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्वीपलाई रुसले बलपूर्वक आफुमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको ।
    – युक्रेनको सीमा पश्चिममा युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्व सोभियत सङ्घको सदस्य हो । युक्रेनले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई हटायो, यसबाट पनि रुस युक्रेनसँग बेखुस बन्न पुगेको थियो ।
    – सन् १९९१ को अगस्तमा युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भएको हो तर पछिल्लो समय युक्रेन युरोप र अमेरिकाको नजिक भएको छ, जुन कुरा रुसलाई मन परेको छैन ।
    – रुसको चाहना बेलारुसजस्तै युक्रेन पनि सधैँ आफ्नै पक्षधर देश बनोस् भन्ने रहेको ।
    – सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रुसविरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति बने । सन् २०१९ मा हास्य कलाकारसमेत रहनुभएका भ्लोदिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमा देशसँग झनै नजिकियो ।
    – अहिले युक्रेनमा आफ्नो पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन ।
    – रुस र युक्रेनबीच करिब १२ सय माइल सीमा जोडिएको छ । युक्रेन पनि नेटोको सदस्य बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्न सक्नेछ । युक्रेनी नेतृत्व रुसविरोधी भए रुसको सुरक्षा खतरामा पनी रुसी अधिकारीको चिन्ता छ ।

    ३. नेपाललाई बर्खायाममा बढी हुने विद्युत् भारतले खरिद गर्ने सम्बन्धमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा कहिले सहमति भएको हो ?
     वि.सं. २०७८ फागुन १२
    – फागुन १२ मा काठमाडौंँमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठकमा सो सहमति भएको ।
    – ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय विद्युत् आयात निर्यात लगायतका विषयमा छलफल गरी विभिन्न सहमति गरेको ।
    – सन् २०१४ मा सम्पन्न नेपाल–भारत विद्युत् व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यससम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समितिको नवौँ बैठक बसेको ।

    ४. चर्चित Seven Rila Lakes कुन देशमा रहेको छ ?
     बुल्गेरिया

    ५. खानी तथा भूगर्भ विभागद्वारा गरिएको अध्ययनअनुसार नेपालमा युरेनियमका कणहरू कहाँ भेटिएको छ ?
     मुस्ताङ, मकवानपुर र दैलेख

    ६. सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन् ?
     लाउ ओटेन्स (सन् २०२१ मार्च ६ मा उनको निधन भएको ।)

    ७. किराँत राई समुदायमा प्रचालित पर्व उधौली र उभौलीमा नाचिने प्रमुख नृत्यलाई के भनिन्छ ?
     साकेला

    ८. संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित कति जना न्यायाधीश रहने व्यवस्था छ ?
     पाँच जना

    ९. नेपाल सरकारद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान कहिलेबाट सुरु गरिएको हो ?
     वि.सं. २०७७ माघ १४

    १०.Templeton Prize–2021बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
     जेन गुडाल

    ११. सन् २०२३ को One Day International World Cup क्रिकेट प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
     भारत

    १२. गरिबी निवारण कोष कहिले खारेज भएको हो ?
     वि.सं. २०७८ (स्थापना ः वि.सं. २०६०)

    १३. लोकगायक तथा कलाकार जयनन्द लामाको निधन कहिले भएको हो ?
     वि.सं. २०७८ फागुन ११
    – लोकगायक, सङ्गीतकार, अभिनेता, निर्माता तथा निर्देशकका रूपमा आफ्नो परिचय बनाउनुभएका लामा पाँच दशकदेखि कलाकारितामा क्रियाशील रहँदै आउनुभएको थियो ।
    – २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएका लामाले लोकसङ्गीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आउनुभएको ।
    – लामाको आवाजमा रहेका कलकत्ते काइँयो, केस मेरो बाङ्ग्यो…, टेबलमा ऐना छ…, चट्ट परेको चुल्ठी…, हेर्दैमा राम्री…, चुइँचुइँ चुइँकने जुत्ता…, नाच्यो झिल्के नाच्यो…, मुलाको चाना…, सलल…लगायतका गीत निकै लोकप्रिय रहेका ।
    – सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा पछिल्लो समय हास्य टेलिशृङ्खला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।

    १४. Expect Amazing कुन खेल आयोजनासँग सम्बन्धित रहेको छ ?
     फिफा विश्वकप २०२२

    १५. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८ अनुसार अस्तित्वमा रहेकामध्ये कति संस्थान नाफामा रहेका छन् ?
     २४ (घाटामा सञ्चालित ः १८ र शून्य कारोबार गरेका संस्थान ः २)

    १६. भैरव पुरस्कार गुठीले भैरव पुरस्कार–२०७८ कसलाई प्रदान ग-यो ?
     व्यङ्ग्यकार नरनाथ लुइँटेल (पुरस्कार राशि ः १,०१,१११÷–)
    – त्यस्तै पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार (राशिः रु. १,०१,१११÷–) संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
    – भैरव प्रतिभा पुरस्कार (राशि ः रु ५१,१११÷–) साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको ।

    १७. पाठयक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?
     उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ, कौशल र मूल्याङ्कनको लेखाजोखा

    १८. जितगढी रुपन्देहीमा पर्छ भने अमरगढी कहाँ पर्छ ?
     डडेलधुरा

    १९. ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?
     मार्क भानडोरेन, अमेरिकी कवि

    २०. कुन जनावरलाई मरुभूमिको जहाज भनी चिनिन्छ ?
     ऊँट

    २१. विश्वमा सर्वप्रथम बजेट पेस गर्ने व्यक्ति को हुन् ?
     रबर्ट वालपोल (ब्रिटेनका तत्कालीन वित्तमन्त्री)

    २२. राजमाता वसन्तावतीले कुन नदीको किनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?
     चेपे नदी

    २३. प्राचीन कालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
     दोलाद्री गिरी

    २४. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पन्छी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
     सन् १८५०
    – (यो पन्छी अन्तिम पटक सन् १८५० मा देखिएको ।)

    २५. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
     कुलवीर थापा

    २६. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
     वि.सं. २०७४ भदौ २५ (१० सेप्टेम्बर २०१७)

    २७. संयुक्त राष्ट्रसङ्घद्वारा बालअधिकार महासन्धि कहिले पारित गरिएको हो ?
     सन् १९८९

    २८. हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?
     आङरिता शेर्पा
    – (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होल्से, अन्नपूर्ण, धौलागिरि, माउन्ट के टुलगायतका दर्जनौैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने । आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

    २९. झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?
     भाइजन

    ३०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा भिटो ख्भ्त्इ प्रयोग गर्ने अधिकार कसलाई छ ?
     पाँच स्थायी सदस्य राष्ट्र
    – (अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन) गोरखापत्रबाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution