• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
३

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
४

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
५

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
६

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
७

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
१०

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
११

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार
१२

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २२

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ ३, बुधबार

  • ४८७ पटक पढिएको
  • १. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

     विसं २०८३

    – सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।

    – २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायतका कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्ष पछि धकेलिएको हो ।

    – नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउने छन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।

    – सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो ।

    – राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो ।

    – सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ ।

    – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङे डाँडामा ७५० रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ ।

    २. विश्व बैङ्कले सन् २०२४ जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

     ३.९ प्रतिशत

    – विश्व बैङ्कले गत आवमा नेपालले १.९

    प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको

    अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैङ्कको प्रक्षेपण छ ।

    – सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

    – सन् २०२३ मा विश्वको औसत आर्थिक वृद्धिदर २.६ प्रतिशत र सन् २०२२ मा ३ प्रतिशत थियो ।

    – दक्षिण एसियामा यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धिदर भारत (६.४ प्रतिशत) र दोस्रोमा बङ्गलादेश (५.६ प्रतिशत) को हुने प्रक्षेपण रहेको छ ।

    ३. क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?

     नबिल बैङ्क

    विभिन्न सेवा पहिले सुरुवात गर्ने

    एटिएम कार्ड : एभरेस्ट बैङ्क

    व्रmेडिट कार्ड : हिमालयन बैङ्क

    इन्टरनेट बैङ्किङ : कुमारी बैङ्क

    एसएमएस मोबाइल बैङ्किङ : लक्ष्मी बैङ्क

    मल्टी करेन्सी कार्ड :सेन्चुरी बैङ्क

    रोबोटको प्रयोग : एसबिआई बैङ्क

    ४. विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को औपचारिक रूपमा स्थापना कहिले भएको हो ?

     सन् १९९५ जनवरी १

    ५. विश्वव्यापी आतङ्कवाद सूचकाङ्क २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

     ३६ औँ

    ६. चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?

     सन् २०२३ जुलाई

    – साबिकको निलो चरालाई प्रतिस्थापन गरी अङ्ग्रेजी अक्षर ‘एक्स’ कायम गरिएको छ ।

    ७. गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुनुहुन्छ ?

     विनोद राई (२०८० पुस)

    – जितसँगै उहाँले २० लाख नगदसहित पुरस्कार प्राप्त गर्नुभएको छ ।

    – प्रतियोगितामा मकरबहादुर योन्जन फस्र्ट रनरअप, कुमारप्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप घोषित हुनुभएको छ ।

    ८. फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा चयन हुने राजनीतिकर्मी को हुन् ?

     ग्रेब्रियल याटाल (३४ वर्षीय)

    – राष्ट्रपति इमानुयल म्याव्रmोले सन् २०२४ जनवरी ९ मा नयाँ सरकारको प्रमुखमा याटालको नाम घोषणा गरेका हुन् ।

    – उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए ।

    – फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री भएका थिए ।

    ९. नेपालमा एजेन्डा–२१ कार्यक्रम सुरुवात गरिएका जिल्ला कुन कुन हुन् ?

     दाङ, सुर्खेत, कैलाली

    १०. कोशी प्रदेशको प्रदेश सभामुखमा को चयन भएका छन् ?

     अम्बरबहादुर विष्ट (विसं २०८० पुस २४)

    – प्रदेश सभाका समानुपातिक सांसद विष्ट सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेसमेतको समर्थनमा सर्वसम्मत सभामुख चयन हुनुभएको हो ।

    – तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउन २०८० यता कोशी प्रदेश सभामुखविहीन थियो ।

    ११. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

     मजलिस

    १२. ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

     नेपाल पुलिस क्लब

    – नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको ।

    – प्रतियोगितामा गण्डकीले आर्मीलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

    – प्रतियोगितामा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

    – उदीयमान खेलाडी पहल गहतराज चुनिनुभएको छ । त्यसै गरी पुलिस क्लबकै रविन नगरकोटी बेस्ट ब्लकर, एपिएफका हेमन्त मल्ल बेस्ट स्पाइकर, गण्डकीका जीवन सुनार बेस्ट सर्भर, पुलिस क्लबका भीम गाह बेस्ट लिबेरो र पुलिस

    क्लबकै इम रानामगर बेस्ट सेटर घोषित

    हुनुभएको छ ।

    – उपाधि विजेता नेपाल पुलिसले सिल्डसहित एक लाख रुपियाँ, उपविजेता एपिएफले ५० हजार र तेस्रो हुने गण्डकीले २५ हजार रुपियाँ प्राप्त गरेका छन् ।

    – १० टोली सम्मिलित सो प्रतियोगिता विसं २०८० पुस २०–२६ सम्म वीरेन्द्रनगरमा सञ्चालन भएको थियो ।

    १३. सरकारले कुन फलपूmललाई राष्ट्रिय फलपूmल घोषणा गर्ने तयारी गरेको छ ?

     सुन्तला

    – सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को व्यवस्था अनुसार सुन्तलालाई राष्ट्रिय फलपूmल घोषणा गर्ने विषयमा तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको ।

    – फलफुल विकास केन्द्रले २०७६÷७७ मा गरेको अध्ययन अनुसार नेपालमा २६ हजार ५९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । सो अध्ययन अनुसार नेपालमा सुन्तला खेतीको अवस्था

    १४. मिस इको इन्टरनेसनल नेपाल २०२४ घोषित हुने युवती को हुनुहुन्छ ?

     फ्लाविया महर्जन

    – विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

    – आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने छ ।

    १५. डेनमार्कमा राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक त्यहाँको नयाँ राजा कहिले बनेका हुन् ?

     सन् २०२४ जनवरी १४

    – ८३ वर्षीय महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक राजा बनेका हुन् ।

    – जनवरी १४ मा महारानी मार्गरेथले सिंहासन त्यागेको घोषणा गर्दै त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन् । यससँगै प्रधानमन्त्री मेटे फ्रेडरिकसनले राजकुमार फ्रेडिरिक दसौँलाई नयाँ राजा घोषणा गरेका थिए ।

    – महारानी मार्गरेथ द्वितीयाले सन् १९७२ जनवरी १४ मा आफ्ना श्रीमान् राजा फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन् । ५२ वर्षपछि महारानीले सिंहासन त्यागेकी हुन् ।

    – बेलायतकी एलिजावेथ द्वितीयापछि मार्गरेथ युरोपमा सबैभन्दा लामो समय शासन गर्ने दोस्रो शासक हुन् ।

    १६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

     राजेन्द्र विक्रम शाह

    १७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्दछ ?

     जिम्बाबे र जाम्बिया

    १८. फ्रान्ज बेकेनबाउर कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

     फुटबल

    – जर्मन फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षक बेकेनबाउरको सन् २०२४ जनवरी ७ मा निधन भयो ।

    – खेल कौशल र नेतृत्व क्षमताका कारण उनलाई ‘डेर कैजर’ (जसको अर्थ जर्मन भाषामा सम्राट् ) उपनाम बाट चिनिन्थ्यो ।

    – बेकेनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानका रूपमा र १९९० मा प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए । यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसक्याम्प्स मात्रै हुन् ।

    – जर्मनीका लागि १०३ खेल खेलेका बेकेनबाउरले एक फुटबल खेलाडीका रूपमा प्रायः प्रतिष्ठित प्रतियोगिता जितेका छन् ।

    १९. राष्ट्रिय लेखक पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

     साहित्यकार बैरागी काइँला

    – नेपाल राष्ट्रिय लेखक सङ्घद्वारा प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

    – हरेक वर्ष वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाइन्छ । गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • तेस्रो संस्करणको अङकुरम्–मोडल युनाइटेड नेसन्स कार्यक्रम उद्घाटन

  • ‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

  • आजदेखि अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम सुरु

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

  • समाचार
  • १

    तेस्रो संस्करणको अङकुरम्–मोडल युनाइटेड नेसन्स कार्यक्रम उद्घाटन
    २०८३ आश्विन ३, शनिबार

  • २

    ‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने
    २०८३ आश्विन ३, शनिबार

  • ३

    आजदेखि अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम सुरु
    २०८३ आश्विन ३, शनिबार

  • ४

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
    २०८३ आश्विन ३, शनिबार

  • ५

    एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै
    २०८३ आश्विन ३, शनिबार

  • ६

    गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षा हुने
    २०८३ आश्विन ३, शनिबार

  • ७

    स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८३ आश्विन २, शुक्रबार

  • ८

    १३ देशका लागि राजदूत सिफारिस
    २०८३ आश्विन २, शुक्रबार

  • ९

    माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो
    २०८३ आश्विन २, शुक्रबार

  • १०

    नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    २०८३ आश्विन २, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution