• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ५, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
६

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
१०

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
११

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

हात्तिबाङ विद्यालयमा एक्सपर्टको सहयोग, विद्यार्थीमा छायो खुशीयाली

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २२, मंगलबार

  • ३४८ पटक पढिएको
  • चितवन, फागुन २२–चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ ।

    यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय माध्यमिक विद्यालय । चेपाङ विद्यार्थीहरुको बाहुल्य रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको समस्याका साथै विद्यार्थीहरुलाई पठनपाठनका धेरै सामग्रीहरुको अभाव छ । यहाँका विद्यार्थीहरुले पाठ्यक्रम बाहेक अन्य किताबहरुको अध्ययन समस्या छ ।

    यीनै समस्याहरुलाई केहीहदसम्म हल गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुलाई विद्यालयमा लगेरै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

    एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको आयोजक विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रालि र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले फाइनलमा पुगेका विद्यार्थीहरुलाई हात्तिबाङस्थित विद्यालयमै लगेर महत्वपूर्ण पुस्तकहरु सहयोग गरेको हो । विद्यार्थीहरुलाई विभिन्न लेखकहरुद्धारा लेखिएका विभिन्न प्रकारका पुस्तकका साथै बालबालिकाहरुको लेख तथा कवितालगायतका सिर्जनाहरु छापिने ‘मुना’ पुस्तक बाडिएको हो । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुले हातहातमै पुस्तक बाडेका थिए ।

    विद्यालयमा ती पुस्तक मात्रै बाड्ने काम भएन । अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको पनि उत्तिकै खाँचो पर्ने गरेको छ । केही समयपछि उच्च शिक्षाका लागि खुड्किलो मानिएको एसईई परीक्षा आउँदैछ । सोही परीक्षामा सामेल हुन लागेका अति समस्यामा रहेका पाँच जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई उक्त सामग्री सहयोग गरे ।

    यस्तै सोही अवसरमा फाइनलमा पुगेका विद्यार्थीहरुले विद्यालय परिसरमै वृक्षरोपण समेत गरेको छ । पहाडी भू–भागमा सुहाउँदो फलफूलका बिरुवा रोपिएको विमोचन इभेन्ट्सले जनाएको छ ।
    पहाडी भू–भाग भएकाले यहाँ बालबालिकाहरुलाई स्वास्थ्यमा पनि त्यति सहज छैन । विशेषगरि दातको उपचार यहाँ सम्भव देखिदैन । यही अवस्थालाई ख्याल गरेर विद्यार्थीहरुलाईको निःशुल्क दन्त परीक्षण समेत गरिएको छ । भरतपुर–१० मा रहेको कालिका डेन्टलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो । दन्त शिविर र पुस्तकलगायतको सहयोगले विद्यार्थीहरुमा खुशी छाएको थियो ।

    कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवालीले एक्सर्टले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको बताए । उनले भने–‘भूकम्पदेखि माहामारीका समय होस् या विभिन्न खेलकुदका गतिविधि वा इभेन्ट्सहरुमा पनि एक्सपर्ट सहयोगी बन्दै आइरहेको छ, हामी सामाजिक कार्यमा जहिल्यै पनि अग्रसर हुन्छौं, यसैको कडीको रुपमा मैले हात्तिबाङका विद्यार्थीहरुलाई विभिन्न सहयोग कार्यक्रमलाई लिएको छु ।’ ज्ञवालीले पब्लिकि स्पिकिङ च्याम्पका विद्यार्थीहरुलाई समाज बुझाउने अभियान अन्तरगत पहाडी भू–भागमा लगेर सामाजिक कार्यक्रम सक्रिय बनाउनु सह्रायिन कार्य रहेको बताए ।

    यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हात्तिबाङ विद्यालयमा बाहिरी पुस्तकको अभाव महसुस गरेर विभिन्न लेखकहरुद्धारा लिखित महत्वपूर्ण पुस्तकहरु सहयोग गरिएको बताए । उनले भने–‘सानो सहयोगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ भने किन सहयोग नगर्ने भनेर पुस्तक सहयोग गरेका हौं, यसअघि यहाँ आउँदा अतिरिक्त पुस्तकहरुको लाइबेरीमा अभाव रहेको जानकारी पाएपछि आज पुस्तक सहयोग लिएका आएका छौं ।’ उनले आगामि दिनमा दिनमा पनि यसैगरि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायतका देशमा जान चाहने विद्यार्थीहरुले शैक्षिक परामर्श दिँदै आइरहेको भन्दै आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको बताए ।

    कार्यक्रममा विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले विद्यार्थीहरुलाई चितवनको भौगोलिक अवस्था र आफू भन्दा कम सुविधामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझाउन पहाडी भेगमा कार्यक्रम गरिएको बताए । उनले यस खालको कार्यक्रमले सानो सहयोग पुग्नुको साथै विद्यार्थीहरुलाई पनि केही सिक्ने अवसर सिर्जना हुने गरेको बताए ।

    कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोकबहादुर मगरले यहाँका विद्यार्थीहरु भौतिक पूर्वाधारका साथै धेरै कुराबाट बञ्चित हुने गरेकोमा यस्तै सहयोगबाट विद्यार्थीहरुले अवसर पाइरहेको बताए । उनले एक्सपर्ट चितवन परिवार र पब्लिक स्पिकिङ च्याम्पको टिमलाई धन्यवाद दिए । कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाल, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

  • इच्छाकामना गाउँपालिका
  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज
  • विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रालि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन

  • सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन

  • समाचार
  • १

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • २

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • ३

    पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ४

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ५

    नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार
    २०८३ भाद्र ४, बिहिबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ४, बिहिबार

  • ७

    झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ८

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • ९

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution