२०८२ बैशाख १७, बुधबार
बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
कालीगण्डकी गाउँपालिकाबाट आएका सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाएको भन्दै राहदानी फाँटको स्क्यानर नै फुटाएका थिए। स्क्यानर फुटेपछि राहदानी फाँटको सेवा सबै ठप्प भएको उहाँको भनाइ छ । विभागबाट स्क्यानर मगाएकाले आएपछि मात्रै सेवा सुचारु हुने गौतमले बताए।
थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा एउटा स्टेसनबाट राहदानीको आवेदन लिने काम हुँदै आएको छ । जसको क्षमता ४० जनासम्मको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे