२०८२ बैशाख २६, शुक्रबार
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साइड नजिकै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
खाली टिपर अचानक अनियन्त्रित भई सडकबाट तिनाउ खोला किनारमा खस्दा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे