२०८२ जेष्ठ १५, बिहिबार
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको अध्यक्षता तथा उपमेयर शान्ति कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका नगरका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो ।
उपप्रमुख कोइरालाले युवाहरू क्षयरोग नियन्त्रण अभियानका मुख्य आधार भएको बताउँदै नगरलाई क्षयरोगमुक्त बनाउन उनीहरूलाई संगठित र सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो। “युवाहरुको सक्रिय सहभागिता बिना हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौं,“ उहाँले भन्नुभयो, “सशक्त युवा नेटवर्कले समुदायमा जनचेतना फैलाउने र रोगको रोकथाममा ठुलो योगदान पुर्याउन सक्छ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गैँडाकोट नगरपालिका क्षयरोगको उच्च जोखिम क्षेत्र रहेको तथ्य प्रस्तुत गर्दै सबै निकाय, समुदाय र युवाहरु एकजुट भएर अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, नगरपालिका आफैं पनि क्षयरोग नियन्त्रणमा आवश्यक स्रोत र सहयोग प्रदान गर्दै आएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेल र क्षयरोगमुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले प्रस्तुती दिनुभएको थियो । उहाँहरुले क्षयरोगका प्रकार, लक्षण, पहिचानका तरिका, रोग नियन्त्रण तथा रोकथामका उपाय, उपचार प्रक्रिया र समुदायको संलग्नताको आवश्यकता बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रमको एक महत्वपूर्ण उपलब्धि स्वरूप ‘नगरस्तरीय क्षयरोगमुक्त युवा समिति’ पनि गठन गरिएको छ । दिपेश नेपालीको संयोजकत्वमा गठन गरिएको समितिमा जम्मा ९ जना सदस्य रहेका छन् । समितिले स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभियान, खकार परीक्षणमा सहयोग र संक्रमितको पहिचान तथा सल्लाहमा भूमिका निर्वाह गर्ने क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले बताउनुभयो ।
जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेलका अनुसार, गैँडाकोट नगरपालिकामा गतवर्ष ११६ जना क्षयरोग संक्रमित पहिचान भएका थिए भने चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म १०० जना संक्रमित पहिचान भइसकेका छन् । उज्यालोखबरबाट
क्षयरोग पहिचान र परीक्षणका लागि गैँडाकोट नगरपालिकाको वडा नं. ५ मा रहेको आधारभूत अस्पताल, वडा नं. ११ मा रहेको नगर अस्पताल र वडा नं. १६ मा रहेको अमरापुरी स्वास्थ्यचौकीमा खकार परीक्षण प्रयोगशालाहरू सञ्चालनमा छन् । यी सुविधाबाट नियमित परीक्षण तथा उपचार सेवा प्रदान गरिँदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे