२०८३ श्रावण ५, मंगलबार


पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२ दिन पीडादायी भएको बताउदै आज एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका हुन् । उनले रास्वपाले सहमति भंग गरेको भन्दै उनले १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठुलो क्षति पुर्याएको समेत आरोप लगाए । उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफै लिने बताउदै आफु अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।
घिसिङले भने- ‘ म आज अत्यन्त मर्माहत भएको छु । यस बिचमा अगाडी बढौं भने उहाँहरुले अगाडी बढ्न नदिने, पछाडी जाउ भने जान नसक्ने, हामीलाई १२ दिन अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका थियौं ।’
जनताको भावनालाई कदर गर्नुपर्छ भनेर आफुहरु सहमतिमा गएको भएपनि सहमति कार्यान्वयन नभएको र एकतर्फी रुपमा सहमति तोडिएपछि आफुहरु आफ्नै किसिमले अगाडी बढ्ने बताए । उनले उज्यालो नेपाल पार्टीले १६५ सिटमै उम्मेदवार उठाउछौं र छोट समय भएकाले आफ्नो निर्वाचन अभियान अगाडी बढाउने बताए ।
उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रुपमा घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे