२०८३ श्रावण ३, आईतबार


निर्देशक सरोज पौडेलसँग यी दुई कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरू सरोज पौडेलकै निर्देशनमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा देखिएका थिए। ‘पूर्णबहादुरको सारङ्गी’ सफल भएपछि निर्देशक पौडेल ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित भएका थिए ।
उक्त फिल्म विजय बरालको करियरको टर्निङ पोइन्ट बनेको थियो । उनले मुख्य भूमिका निभाएका थिए भने अञ्जना बराइली उनकी श्रीमतीको भूमिकामा देखिएकी थिइन् ।
नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ मा पनि यही जोडी दोहोरिनु दर्शकमाझ चासोको विषय बनेको छ । निर्देशक पौडेलले कलाकार छनोट बजारलाई ध्यानमा राखेर नभई कथाको आवश्यकताअनुसार गरिएको स्पष्ट पारेका छन् ।
“विजय र अञ्जना अहिले चर्चित कलाकार हुन् । तर, हामीले बजारका लागि होइन, कथाले मागेपछि उनीहरूलाई अनुबन्ध गरेका हौँ,” निर्देशक पौडेलले भने । फिल्ममा अन्य कलाकारहरू क्रमशः अनुबन्ध गरिँदै जाने जानकारी पनि उनले दिएका छन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । फिल्मको रिलिज मितिबारे भने हालसम्म निर्माण टिमले जानकारी सार्वजनिक गरेको छैन ।५० करोडको कीर्तिमान बनाएको टिम पुनः एकसाथ आउन लागेपछि फिल्म ‘सिन्दुरे जात्रा’ लाई लिएर दर्शकमाझ उत्साह बढेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे