२०८३ अषाढ २, मंगलबार
नारायणी नदीको किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथामिकतामा छ सचिव दवाडिले भनिन यहा भैरहेको कामको अबस्था थाहा पाउन स्थलगत अनुगमनमा आएको हु ।
पूर्वी नवलपरासीको गजेन्द्र मोक्षधाम र सुुस्ता क्षेत्रमा नारायणीको कटानवाट वस्ती जोगाउन सरकारले करिब १७ करोड लगानीमा तटबन्धनको काम अघि बढाएको छ ।
त्यहा भैरहेको तटबन्धन कार्यको प्रगति र अबस्थाको बारेमा सचिव दवाडिले स्गलगत अनुगमन र निरिक्षण गरेकी हुन ।
त्यहा भैरहेको तटबन्धन कार्यको जिम्मेवारी लिएको सिंचाइ तथा जलश्रोत ब्यबस्थापन आयोजना भरतपुर चितवनका प्रमुख डा नारायण सुबेदीले वर्षाद अगावै त्यहाको काम सम्पन्न गर्न फिल्डमै अस्थायी कार्यालय स्थापना गरेर २४ घण्टा कर्मचारीको निगरानीमा काम हुने ब्यबस्था मिलाइएको जानकारी दिए ।
गत फागुन अन्तिम साता ठेकेदार कम्पनीसंग सम्झौता गरेर त्यहि दिन सुस्तामा जेसिबि र स्क्याभेटर पुरयाएर काम शुरु गरेको सुबेदीले जानकारी दिए ।
नेपालमा हुदै आएका सरकारी काममा उहि दिन सरकार र ठेकेदार बिच सम्झौता गरेर त्यसै दिन फिल्डमा काम शुरु भएको सम्भवत यो पहिलो पटक हो ।
ति दुबै स्थानको तटबन्धन कार्य वर्षा अगावै सक्ने गरि आफु प्रयासरत रहेको जानकारी दिए ।
हाम्रो कार्यालयका प्रमुख डा सुबेदीले यो तटबन्धनको काम रातदिन खटेर सम्पन्न गर्नुहुने छ भन्ने भरोसा छ जलश्रोत सचिव दवाडिले भनिन सुबेदी हाम्रो मन्त्रालयको उत्कृष्ट कर्मचारी मध्येको एक हो उहा आफै खटेर काम गर्ने बानी भएका कारण समयमा सम्पन्न हुने अपेक्षा छ । उहालाई जिम्मा लगाएका सबै जसो काम गुणस्तरीय र समयमै पुरा भएका छन ।
सचिव दवाडिले सुस्ता जोगाउन सरकार प्रतिबद्ध रहेका कारण त्यहा तटबन्धनको काम अघि बढाइएको जानकारी दिइन । सुस्ता राष्ट्रिय हित र अन्यन्त महत्व स्थल रहेका कारण सरकारको प्राथामिकतामा रहेको उनले सुनाईन । सचिव दवाडि सहित सुस्तामा मन्त्रालयका बिभागिय प्रमुख र सरोकारवालाहरु समेत स्थलगत अनुगमनका लागि आएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे