२०८३ अषाढ २, मंगलबार
बेनीघाट-रोराङ गाउँपालिका वडा नम्बर ९ क्षेत्रमा नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी निकालिएको जानकारी पाएपछि उनले सम्बन्धित निकायलाई उक्त कार्य रोक्न निर्देशन दिएको बताएकी छन् ।
सांसद तामाङले जनताले विश्वास गरेर आफूलाई प्रतिनिधि बनाएको उल्लेख गर्दै कानुनविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएकी छन् । उनले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा लापरवाही गर्ने निकाय तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेकी छन् । प्राकृतिक सम्पदाको संरक्षण र जनताको हितका लागि आफू सधैं प्रतिबद्ध रहने उनले बताएकी छन् ।
उनले भनेकी छन्- बेनीघाट–रोराङ गाउँपालिका वडा नं. ९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छु । म जनताले विश्वास गरेर पठाएकी जनप्रतिनिधि हुँ। त्यसैले कानून विपरीत हुने कुनै पनि गतिविधि सह्य हुँदैन। मैले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने कुरा स्पष्ट रूपमा जानकारी गराउँछु । जनताको हित र प्राकृतिक सम्पदाको संरक्षणका लागि म सधैं प्रतिबद्ध छु ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे