२०८३ अषाढ २, मंगलबार
हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे