२०८३ श्रावण ३, आईतबार


उनले राजीनामा दिएको भन्ने कुरा आधिकारिक रूपमा पुष्टि नभएको भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्- ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइदैन, राजीनामाको ओैपचारिक पत्रसमेत सार्वजनक पनि छैन।आधिकारिता पुष्टि गर्नुपर्ने प्रवक्ता बेखबर र बुझाएको/दिएको भनिएका उपसभापति बिलखमन्दमा परेका छन् । त्यसैले यो फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतोजस्तो मात्रै देखिन्छ ।’
थापाका अनुसार यस विषयमा आधिकारिकता पुष्टि गर्नुपर्ने पक्ष नै बेखबर देखिएको र राजीनामा बुझाएको भनिएका उपसभापति समेत अन्योलमा रहेको स्थिति छ भन्दै यस्तो अवस्थाले यो प्रकरण गुटगत मिलेमतो जस्तो देखिएको टिप्पणी गरेका छन् ।
काँग्रेसको लामो राजनीतिक इतिहासतर्फ संकेत गर्दै उनले यो घटनालाई ‘बचकनापनको भद्दा मजाक’ जस्तो भएको आरोप लगाए ।
यदि वास्तवमै राजीनामा दिएको हो भने सम्बन्धित पक्षले तुरुन्तै आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्ने बताउदै उनले नैतिकता, पारदर्शिता र जवाफदेहितासँगै कुनै पनि निर्णयको आधिकारिक पुष्टि आवश्यक हुने उल्लेख गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे