२०८३ श्रावण ३, आईतबार


उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था खर्चेर बनेको पार्टी भएकाले केवल निर्वाचन हार्दैमा यसको भविष्य समाप्त नहुने बताएका छन् ।
उनले भनेका छन्- ‘ राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’
उनका अनुसार पार्टीले चुनाव हार्नु अलग कुरा भए पनि अस्तित्व समाप्त हुने विषय होइन ।
लिङदेनले राप्रपा आफ्नो मूल अवधारणाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनले अभिभावकीय राजसंस्था, सनातन धर्ममा आधारित हिन्दू राष्ट्र तथा प्रशासनिक रूपमा झन्झटिलो र बोझिलो प्रदेश संरचनाको पुनरावलोकनसम्बन्धी धारणा यथावत रहने बताए ।
उनले पार्टीभित्र भएका कमजोरी सुधार्दै राप्रपा पुनर्गठन गरेर फेरि सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे