२०८३ अषाढ ८, सोमबार
सोमबार अख्तियारले विशेष अदालत, काठमाडौँमा राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना र दुई जनाविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ ।
अख्तियारले महानिर्देशक अर्यालसहित निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, ठेकदार कम्पनी मुएहल्बाउएर आइडी सर्भिस एवं उक्त कम्पनीका मुख्य भई कार्य गर्ने गेरहार्ड माउरेर, पाभ्ले राकिक र मणिन्द्र राज मल्ल तथा भेरिडोस एवं उक्त कम्पनीका मुख्य भई कार्य गर्ने फाबिओला बेलेरशेइन, फ्लोरान पाक्वेलिन र सिद्धार्थ थापा विरुद्ध मुद्दा दायर गरेको छ ।
राहदानी छपाइमा भएको अनियमितताको विषयमा सोधपुछ गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बोलाएको थियो । तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै, अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि बयान लिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे