• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१०

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
११

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार
१२

गैरकानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान पठाउने ६ जना पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार

नवलपरासी सहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लुको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार

  • ४५ पटक पढिएको
  • काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण फैलिएको भन्दै पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

    विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो तीन महिनादेखि देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको जनाएको छ ।

     

    विभागका अनुसार २०८२ चैत ४ गते मोरङ जिल्लामा पहिलोपटक बर्ड फ्लु (एच ५ एन १ ) पुष्टि भएपछि हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ । त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ ।

     

    कोशी प्रदेशमा संक्रमण फैलिन नदिन गृह मन्त्रालयसँगको समन्वयमा एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो । अहिले अवस्था नियन्त्रणमा आएपछि उक्त व्यवस्था खुकुलो बनाइएको छ । पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी गस्ती परिचालन गरिएको र अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको विभागले जनाएको छ ।

     

    केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, क्षेत्रीय प्रयोगशाला तथा राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामार्फत रोग पहिचानको कामलाई प्रभावकारी बनाइएको छ । संक्रमण पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन टोली र द्रुत कार्यदल परिचालन गरेर संक्रमित क्षेत्रमा रहेका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्री सुरक्षित रूपमा नष्ट गरिएको छ ।

     

    विभागका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको छ । तर पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण बढ्दै गएको छ ।

     

    यसैबीच, नेपालमा देखिएको बर्ड फ्लु भाइरसको स्वरूप परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको आनुवंशिक परीक्षण प्रक्रिया पनि सुरु गरिएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न र ढुवानीका सवारीसाधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन आग्रह गरेको छ ।

     

    त्यस्तै, काग लगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी र दाना सम्पर्कमा आउन नदिने गरी पन्छीपालन गर्न पनि सुझाव दिइएको छ । पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था पालना गर्न विभागले आग्रह गरेको छ ।

     

    विभागका अनुसार पछिल्लो समय बर्ड फ्लुसँगै कम घातक एभियन इन्फ्लुएन्जा, रानिखेत र इ. कोलाईजस्ता रोगको संक्रमण पनि धेरै पन्छीमा देखिएको छ । यस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई गहिरो खाडलमा पुरी आवश्यक निसंक्रमण गर्न आग्रह गरिएको छ ।

     

    कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। साथै, बर्ड फ्लु नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह

  • पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष खातुन पदमुक्त

  • शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

  • रास्वपाको केन्द्रीय सदस्यको लागि आज मतदान हुँदै

  • समाचार
  • १

    महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
    २०८३ अषाढ १०, बुधबार

  • २

    पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष खातुन पदमुक्त
    २०८३ अषाढ १०, बुधबार

  • ३

    नवलपरासी सहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लुको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह
    २०८३ अषाढ १०, बुधबार

  • ४

    शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
    २०८३ अषाढ १०, बुधबार

  • ५

    रास्वपाको केन्द्रीय सदस्यको लागि आज मतदान हुँदै
    २०८३ अषाढ १०, बुधबार

  • ६

    गृहमन्त्रीलाई अम्लेटमा माछाको काँडा खुवाउने भरतपुरको लर्ड होटललाई ३ लाख जरिवाना
    २०८३ अषाढ १०, बुधबार

  • ७

    काभ्रेका दुई कुखुरा फर्ममा ‘बर्ड फ्लू’ पुष्टि
    २०८३ अषाढ ९, मंगलबार

  • ८

    चक्कु प्रहार गरि एक युवकको मृत्यु , गुल्मीका कुँवरसहित ३ जना जना पक्राउ
    २०८३ अषाढ ९, मंगलबार

  • ९

    रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
    २०८३ अषाढ ९, मंगलबार

  • १०

    मेसीको कीर्तिमानी दुई गोलसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
    २०८३ अषाढ ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution