२०८३ अषाढ १०, बुधबार
निर्वाचन आयोगले नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष फातिमा खातुन अन्सारी (सकिना) को पद खारेज गरिदिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार उपाध्यक्ष अन्सारीको पद रिक्त भएको हो ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम सकिना पदमुक्त हुनु भएको हो । ऐन र नियमावलीमा दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले बैठकले नेपाली कांग्रसबाट निर्वाचित जनप्रतिनिधिहरु अन्य दलमा प्रवेश गरेको भनि निर्णयको प्रतिलिपि आयोगमा बुझाए पश्चित असार ८ गतेको बैठकले सकिनाको पद रिक्त गर्ने निर्णय गरेको थियो । ख

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे