२०८३ अषाढ १३, शनिबार
पक्राउ पर्नेमा देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवत प्रसाद थारु रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार थारुले पोल्याण्ड पठाउने भन्दै एकजना पीडितबाट २३ लाख रकम असुलेका थिए।
रकम लिएपछि उनी वैदेशिक रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका र सोही उजुरीका आधारमा काठमाडौँ महानगरपालिका वडा नं ४ बाट असार ११ गते प्रहरीले पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे