२०८३ अषाढ १३, शनिबार
प्रहरीका अनुसार ‘जीवन ओली’ नामक फेसबुक पृष्ठमा मधेशी मूलका व्यक्तिजस्तो देखिने एक व्यक्तिमाथि दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्याउने सामग्री प्रसारण गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्लीबहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी र कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ शिरसवा घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन् ।
उनीहरूलाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछिमीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूमाथि साम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय सद्भावमा असर पुग्ने गतिविधिसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे