२०८३ अषाढ १६, मंगलबार
त्रिभुवन विश्वविद्यालय (TU) बाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले BHM तथा BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट SGPA ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ SGPA ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० SGPA सहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै BITM चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ SGPA सहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले ३.८१ SGPA सहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ SGPA सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रीन्सिपल सुरज शिवाकोटीले जानकारी दिनुभयो ।
भरतपुरस्थित कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको सरोकारवालाहरूको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे