२०८३ अषाढ १६, मंगलबार
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेल जिततर्फ उन्मुख देखिएको नेदरल्यान्ड्सले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल बेहोर्न पुग्यो । मोरक्कोका इसाले गोल गर्दै खेल १-१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । अन्ततः खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै ३-२ को जित निकाल्यो । यससँगै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ भने मोरक्कोले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसअघि पनि अन्तिम ३२ चरणमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम १६ मा पुगेको थियो । त्यसपछि मोरक्कोले पनि अर्को युरोपेली शक्तिशाली टोली नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा अर्को ठूलो उलटफेर गरेको छ ।
समूह चरणमा नेदरल्यान्ड्स सात अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो । मोरक्कोले पनि सात अंक नै जोडेर आफ्नो समूहमा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा स्थान बनाएको थियो । समूह चरणमा दुवै टोली अपराजित रहे पनि नकआउट चरणमा मोरक्कोले बाजी मार्दै आफ्नो विश्वकप यात्रा अघि बढाएको छ ।
अब अन्तिम १६ मा मोरक्कोले क्यानडाको सामना गर्ने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे