२०८३ कार्तिक २९, आईतबार



आज दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू-भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे