• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

पश्चिम नवलपरासी एमालेका जिल्ला सचिव धिरज शर्माले छोडे पार्टी

२०८३ बैशाख २९, मंगलबार
३

विस्मृति पढेपछि…..

२०८३ बैशाख २२, मंगलबार
४

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
५

गुणस्तरहीन करेन्ट र लाली चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ बैशाख ३१, बिहिबार
६

वर्तमान सरकारले कानुनी रुपमा सुकुम्बासी समस्या समाधान गर्नुपर्छ

२०८३ बैशाख २९, मंगलबार
७

आरम्भ कलेजले बीएचएम र बिआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ बैशाख २५, शुक्रबार
८

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

२०८३ बैशाख ३०, बुधबार
९

स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

२०८३ बैशाख २६, शनिबार
१०

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
११

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
१२

माउन्टेन डिउको ब्याच नं. १६८ बिक्री बितरणमा बिभागले लगायो रोक

२०८३ जेष्ठ १, शुक्रबार

रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार

ipo

  • ४२२ पटक पढिएको
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब विदेश जानेले पनि बैंकमा रेमिट्यान्स खाता खोलेर गएमा मात्र उक्त आरक्षणमा भाग लिन पाउने छन् ।

    धितोपत्र बजारको अभौतिककरणको व्यवस्थापन गरिरहेको सिडीएस एण्ड क्लिरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुन्यप्रसाद आचार्यका अनुसार बोर्डले आरक्षणको व्यवस्थाका लागि बैंकमा नै रेमिट्यान्स खाता भनेर खोलेकाले मात्र यो योजनामा सहभागी हुन सक्नेछन् ।

    वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपाल धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) मा दश प्रतिशत आरक्षण गर्ने व्यवस्था गरिएपनि यसमा स्पष्टता नहुँदा अन्यौलता देखिएको हो । विदेशमा रहेका श्रमिकहरुलाई कसरी कोटा अनुसार आईपीओमा आवेदन दिने भन्नेबारे अन्यौलता देखिएको हो ।

    चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को छैठौ संशोधन गरेको छ ।

    बोर्डले संशोधन गरेको नियमावली अनुसार प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र पाउने भएका छन् । साथै उक्त संशोधित नियमावली अनुसार वेदैशिक रोजगारीमा गएका नेपालीले आईपीओमा आवेदन दिनका लागि रेमिट्यान्स खातालाई अनिवार्य गरेको छ ।

    ‘वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले निष्काशित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र दरी दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ’, नियमावलीमा उल्लेख छ ।

    वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था समेत संशोधित नियमावलीमा छ । यो व्यवस्था अंकित मूल्यमा थप सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाको हकमा लागू नहुने बोर्डको भनाई छ ।

    नियमावलीमा भएको प्रक्रिया बाहेक थप आवश्यक विषयलाई निर्देशिकामा व्यवस्था गरिने नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । उनले आर्थिकन्युज डटकमसँग भने, ‘बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को छैठौ संशोधन गरेको छ । संशोधन भएर आएको नियमावलीमा पनि धेरै कुरा उल्लेख गरिएको छ । यसबाहेक थप कुरालाई निर्देशिकामा पनि व्यवस्था गर्छौं । निर्देशिका अनुसार पनि आवश्यक जानकारी हुन्छ ।’

    श्रम स्वीकृति लिएर गएका नेपाली हुन् भनेर पहिचान गर्ने आधार र सहभागीता कसरी गराउनु हुन्छ भन्ने जिज्ञासा राख्दा प्रवक्ता केसीले भने, ‘श्रम स्विकृति लिएर गएका र बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत खाता खोलेका नेपालीहरुले मात्र आईपीओमा आवेदन दिन पाउँछन् । वैदेशिक रोजगारीमा गएका नेपाली हुन् भनेर पहिचानको लागि केहि आधार त चाहिन्छ । यसका लागि उनीहरुले रेमिट्यान्स बचत खाता खोल्नुपर्छ र श्रम स्वीकृति प्राप्त गरी बाहिर काम गरिरहेको भन्ने प्रमाण काजगपत्रहरु पनि मेरो शेयर र सि–आस्वा मार्फत पेश गर्नुपर्ने हुन्छ ।’

    अहिले धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले रेमिट्यान्स सञ्चालन गरिरहेका छन् । आईपीओमा आवेदन दिनमा लागि वैदेशिक रोजगारीमा गएकाहरुले बाहिरबाट पनि खाता खोल्न सकिने व्यवस्था छ ।

    ‘बैंक तथा वित्तीय संस्थाका विभिन्न रेमिट्यान्स कम्पनीहरु छन् । ती रेमिट्यान्स कम्पनीका एजेन्टहरु बाहिर पनि छन् । उनीहरु मार्फत खाता खोलिरहेको पनि देखिएको छ । त्यसै अनुरुप मेरो शेयरको नम्बर लिएर आवेदन दिन सकिन्छ’, उनले भने ।

    विदेशी लगानीकर्ता हुन भन्ने आधार छुट्याउनका लागि पनि रेमिट्यान्स बचत खाता खोल्नुपर्ने उनको भनाई छ ।  उनले भने, ‘विदेशी लगानीकर्ता हुन भन्ने आधार पनि हुनुपर्यो । नत्र जसले पनि आवेदन दिन सक्छ । अहिले नियमावलीमा भएको व्यवस्थाले पनि धेरै कुरा खुल्छ । थप कुरा आवश्यक परेमा निर्देशिकामा उल्लेख गछौं । अहिले यी दुईवटा कुराले नै कार्यान्वनमा लैजान्छौं ।’

    त्यस्तै, सिडिएस क्लियरिङ हाउसका अध्यक्ष पुण्य प्रसाद आचार्यले पनि वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आईपीओमा आवेदन दिनका लागि आवेदकले बैंकमा रेमिट खाता खोल्नुपर्ने बताए ।

    आचार्यले भने, ‘आईपीओमा आवेदन दिनका लागि आवेदकले बैंकमा रेमिट खाता खोल्नुपर्छ । रेमिट्यान्स बचत खाता खोलपछि डिम्याट खातासँग बैंक खाता लिंक हुन्छ । अहिले डिम्याट खाता खोल्दा क्लाइन्ट डिटेलमा बैंक अकाउन्ट भनेर लेख्छ । रेमिटको बेग्लै खाता खोलेपछि डिम्याट खातामा लिंक हुन्छ र मेरो शेयरमा पनि बस्छ । उक्त खाताबाट सि–आस्वा, र मेरो शेयर टाइप गरेर एप्लाई गरेपछि आईपीओमा आवेदन दिन सकिन्छ । खाताको क्याटोगोरि नै फरक हुन्छ ।’

    उनले रेमिट्यान्स बचत खाता खोल्नका लागि राष्ट्र बैंकले नै सबै बैंकहरुलाई निर्देशन दिने बताए । उनले भने, ‘रेमिट खातामा कति रेमिट हुन्छ । वर्षमा कति रेमिट पठाउने मान्छेलाई रिजर्भेशनको सुविधा दिने भन्ने कुरा पनि आउँछ । १ हजार रुपैयाँ मात्र राख्नेका लागि आईपीओ भर्न दिने की नदिने भन्ने पनि विषयमा बैंकले सिमा पनि तोक्नुपर्ने हुन्छ । तसर्थ  रेमिट्यान्स बचत खाता खोल्नका लागि राष्ट्र बैंकले नै सबै बैंकहरुलाई निर्देशन दिन्छ ।’

    उनका अनुसार सरकारले रेमिट्यान्स बढाउनका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा आरक्षण दिने सुविधा दिइएको हो । एक वर्षसम्म यति रकम खातामा राख्नुपर्छ भन्ने कुरा उल्लेख गरेर रेमिट्यान्स बचत खाता खोलेपछि हाम्रो सिस्टममा इन्टिग्रेसन गर्छौ । यसबाट रिपोर्टिङदेखि लिएर सबै कुरा सजिलो हुन्छ ।

    साथै उनले रेमिट्यान्स बचत खाता हो वा होईन भन्ने कुरा बैंकले नै प्रमाणित गर्नुपर्ने बताए । उनले भने, ‘राष्ट्र बैंकले अनलाइन खाता खोल्न मिल्ने व्यवस्था सहितको सर्कुलर जारी गर्छ । बैंकले साधारण बचत खातामा भए जस्तै रेमिट्यान्स बचत खातामा पनि कोड दिन्छ  । यसबाट नै रेमिट्यान्स बचत खाता हो भन्ने पुष्टि हुन्छ  । रेमिट्यान्स बचत खाता हो वा होइन भन्ने कुरा बैंकले नै प्रमाणित गर्छ ।’

    सर्वसाधारण तर्फको बाहेक अन्य समूहको शेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पुरा नभई विक्री गर्न नपाईने व्यवस्था समेत नियमावलीमा छ । तर, प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको शेयर भने बाँडफाँट भएको मितिले एक वर्षको अवधि पुरा भएपश्चात विक्री गर्न सकिने व्यवस्था समेत बोर्डले गरेको छ ।  आर्थिकन्यूजबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    आई.पी.ओ. सम्बन्धि थप
  • विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

  • दिल्लीको एक होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु

  • सशस्त्रका असई र एक युवती काभ्रेको सामुदायिक वनमा मृत फेला

  • समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

  • समाचार
  • १

    विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना
    २०८३ जेष्ठ २०, बुधबार

  • २

    दिल्लीको एक होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु
    २०८३ जेष्ठ २०, बुधबार

  • ३

    सशस्त्रका असई र एक युवती काभ्रेको सामुदायिक वनमा मृत फेला
    २०८३ जेष्ठ २०, बुधबार

  • ४

    समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
    २०८३ जेष्ठ २०, बुधबार

  • ५

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
    २०८३ जेष्ठ २०, बुधबार

  • ६

    चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
    २०८३ जेष्ठ २०, बुधबार

  • ७

    रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
    २०८३ जेष्ठ २०, बुधबार

  • ८

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ जेष्ठ २०, बुधबार

  • ९

    नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला
    २०८३ जेष्ठ १९, मंगलबार

  • १०

    नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता
    २०८३ जेष्ठ १९, मंगलबार

  • नवलपुर बिशेष
    १

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    २

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ३

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ४

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ६

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ७

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ८

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution