• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
७

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
८

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
११

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

नवलपुर बस दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, शोकमा गाउँ

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार

  • ५०८ पटक पढिएको
  • मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आइतबार बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आइतबार बिहानै मनकामना पुग्ने गरी शनिवार राती करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो ।

    सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी दुर्घटना हुँदा पाँच यात्रुको घटनास्थलमा नै मृत्यु भयो । मृतक पाँचमध्ये एकै गाउँका चार परेका छन् भने एकै परिवारका तीन जना छन् । मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच यात्रुको निधनले गाउँ नै शोकमा डुबेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । “साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो”, उनले भने, “मृतकको शव परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ, घाइतेको शिघ्र उपचारका लागि जनशक्ति परिचालन गरिएको छ ।”

    दुर्घटनामा रम्भा १ बिसौनाका अन्दाजी ६५ वर्षीय धनकुमारी विक, उनका माहिला छोरा ४१ वर्षीय ताराबहादुर विक र नाति (साठीबजार बस्ने छोरीतर्फको) १६ वर्षीय विनय विक, च्याङलिङ बस्ने ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बस्ने ४५ वर्षीय फूलमाया माझी रहेका छन् । धनकुमारी, ताराबहादुर र विनय एकै परिवारका हुन् । दुर्घटनामा मृतक ताराबहादुरका श्रीमती ३६ वर्षीय माया विक र १५ वर्षकी छोरी रिमा विक घाइते छन् । उनीहरुको हाल नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

    मृतक ताराबहादुर गाउँघरमा घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे । एक असल इमान्दार मेहनती ताराबहादुरको परिवारमा ठूलो बज्रपात परेको छिमेकी तथा स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए । प्रहरी चौकी बुलिङटारले दिएको जानकारीअनुसार साढे तीन बजे प्रहरी उद्धारका लागि घटनास्थलमा पुगेको थियो । लगत्तै उद्धार कार्य सुरु गरी घाइतेलाई अस्पताल पठाइयो । बिहान ९ बजेसम्म उद्धार कार्य चलिरह्यो । कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब एक सय मिटर तल बस खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी बुलिङटार नवलपुरका प्रहरी सहायक निरीक्षक विक्रम कुमालले बताए । “कालीगण्डकी करिडोरको पक्की सडकमा दुर्घटना भएको छ, झट्ट हेर्दा यति ठूलो दुर्घटना होला जस्तो देखिदैन, रातको समय भएकाले बस अनियन्त्रित भएर दुर्घटना भयो होला भन्ने हाम्रो अनुमान छ, घटनाबारे अनुसन्धान भइरहेको छ”, उनले भने ।

    चालक, सहचालक र २८ घाइते यात्रुको अहिले नारायणी सामुदायिक अस्पताल र भरतपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस चालक, सहचालक सहित ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने २९ वर्षीय दिलकुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाड बस्ने २४ वर्षीय साजन श्रेष्ठ, बसमा सवार पाल्पा रम्भा गाउँपालिका–१ बस्ने चार वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविण सुनार, २० वर्षीय रामबहादुर विक, २१ वर्षीय रीता विक, २५ वर्षीय काशिराम विक, २० वर्षीय विशाल विक, एक वर्षीय आइसा विक, १६ वर्षका अविनाश विक, सात वर्षीय पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, १५ वर्षीय रिमा विक रहेका छन् । रासस

  • नवलपुर
  • बस दुर्घटना
  • बुलिङटार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

  • नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

  • कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

  • गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

  • समाचार
  • १

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • २

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ४

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ५

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • ९

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution