२०८२ बैशाख १९, शुक्रबार
राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु. एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिक रूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो। कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे