२०८२ बैशाख १९, शुक्रबार
काठमाडौं । नेपाल सरकार, युरोपेली युनियन र युनेस्कोको संयुक्त प्रयासमा पाँच वर्षमा करिब ४९ अर्ब रूपैयाँ खर्च गर्ने गरी बहुक्षेत्रीय पोषण योजना सञ्चालन गरिए पनि पछिल्लो समय दाताबाट सहयोग नपाउँदा सरकार आफैंले रकमको जोहो गर्दै कार्यक्रम प्रभावकारी हिसाबले अगाडि बढाउन सकेको छैन ।
दातामध्येको प्रमुख निकाय युरोपेली युनियन (इयु) ले यो वर्षबाट रकम नदिएपछि सिंगो कार्यक्रम प्रभावित बनेको हो । ‘३ अर्ब रूपैयाँ दिएपछि इयुले सहयोग गरेन। रकम अभावपछि कार्यक्रम प्रभावित बनेको छ । वर्षको ४ अर्ब आवश्यक पर्नेमा रकम अभाव भएको हो,’ राष्ट्रिय योजना आयोगका सहसचिव किरण रूपाखेतीले भने ।
आयोगका सहसचिव रूपाखेतीका अनुसार दाताले केही समय ‘ट्रान्जिसन’ भनेर कार्यक्रम सम्झौता गरेको र त्यसबीचको समयमा सरकारले अन्य दातृ निकाय खोज्नुपर्ने वा आफैं सञ्चालन गर्न तयार हुनुपर्ने भनिएको थियो तर दुवै विकल्प सम्भव भएन । नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे