• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
४

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
५

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
६

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
७

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
८

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
९

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
१०

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
११

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
१२

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार

आन्तरिक हवाई यात्रु ४० प्रतिशत घटे

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १८, बुधबार

  • ४५८ पटक पढिएको
  • पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या करिब ४० प्रतिशतले घटेको छ।

    यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्या सधैंको हो । यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने गर्छ । यी दुवै कारण अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गर्थ्यो । यी कारणसँगै यही माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रु घटाउन ठूलो भूमिका खेलेको हो । पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्मकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणमा बस नै पो ठिक हो कि भन्ने भावना जागृत भएको छ । यही कारण विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेका छन् ।

    आन्तरिक हवाई यात्रुको पछिल्लो तथ्यांकले पनि यस्तै संकेत गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अधिकारी र वायुयान सञ्चालकहरुले प्रतिकूल मौसमका साथै हवाई दुर्घटनाको डरले यात्रु घटेको अनुमान गरेका छन् । विगतमा दैनिक औसत १३ हजार जनासम्म आन्तरिक हवाई यात्रुले काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्ने गरेकामा अहिले यो संख्या ८ हजार हाराहारीमा झरेको छ । यो साढे ३८ प्रतिशतको कमी हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हवाई दुर्घटना भएपछिका केही साता यात्रु संख्या धेरै घटेकामा अहिले विस्तारै बढेको छ । “पछिल्लो समय भएको हवाई दुर्घटनाले यात्रुमा एक किसिमको त्रास बढाएको छ । यही बेला मौसममा पनि फेरबदल आएकाले तराईका विमानस्थलमा समयमा उडान नहुने समस्या छ,” उनले कारोबारसँग भने, “यही कारण आन्तरिक हवाई यात्रुको संख्यामा कमी आएको हो । तर, यो संख्या विस्तारै बढ्ने क्रममा छ ।”

    निजी हवाई सेवा कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने हवाई यात्रु घट्नुमा भिन्न कारण देखाए । उनका अनुसार गत आठ–नौ महिनायता हवाई भाडामा वृद्धि भएसँगै यात्रुको संख्यामा कमी आएको छ । उनले भने, “पछिल्लो समय हवाई दुर्घटना तथा मौसममा आएको प्रतिकूलता, जनवरी महिनामा हवाई यात्रुको संख्यामा आउने कमीले पनि यात्रुको संख्या घटेको हो ।” उनले पनि घटेको यात्रुको संख्या पछिल्लो समय क्रमशः वृद्धि हुने क्रममा रहेको दाबी गरे ।

    निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार अहिले पर्यटकीय सिजन पनि नभएका कारण यात्रुको संख्या घटेको हो । पछिल्ला दिनमा भारतीय पर्यटकको रोजाइ हवाई सेवाभन्दा सडक मार्ग हुन थालेको बताइएको छ । उनले भने, “पछिल्लो समय हवाई यात्रुको संख्यामा कमी आएको भए पनि त्यो संख्या विस्तारै वृद्धि हुने क्रममा रहेको छ ।”

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले हवाई दुर्घटनापछि यात्रुको संख्यामा कमी आएको सत्य भएको बताए । उनले पछिल्ला दिनमा यात्रु विस्तारै बढ्ने क्रममा रहेको भन्दै जुन गतिमा वृद्धि हुनुपर्ने हो त्यो भने नरहेको जानकारी दिए ।
    सरकारले हवाई इन्धनको मूल्यमा कमी गरेसँगै हवाई भाडामा पनि कमी आएको र आगामी दिनमा मौसममा सुधार भएपछि यात्रुको संख्या बढ्ने हवाई सेवा कम्पनीहरुको अनुमान छ ।

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार माघ महिनाअगाडि २ सय ५० सम्म उडान कार्यतालिका (उडान तथा अवतरण) हुने गरेकामा त्यो संख्या अहिले २ सय १० को हाराहारीमा हुने गरेको छ । विमानस्थल कार्यालयका अनुसार पुस ३० मा १ सय २१ उडान भर्ने (एकतर्फी) कार्यतालिका रहेको थियो भने माघ १७ (मंगलबार) १ सय ४ उडान भर्ने कार्यतालिका थियो । यो तथ्यांकअनुसार दैनिक १७ वटा उडान घटेका छन् ।

    आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको एउटा जहाज सञ्चालनमा छ भने बुद्ध एयरका १४ जहाज छन् । यस्तै यती एयरलाइन्सका ५, श्री एयरलाइन्सका ५, तारा एयरका ३, गुण एयरलाइन्सको १, सौर्य एयरलाइन्सका २, समिट एयरका ४, सीता एयरका २ विमानले काठमाडौं विमानस्थलबाट मुलकभरका करिब २ दर्जन विमानस्थलमा उडान भरिरहेका छन् । पहाडी भेगमा बुद्ध, सीता, समिट, तारा र नेवानिले उडान भरिरहेका छन् ।

    सरकारी तथ्यांकअनुसार सन् २०२२ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । यो वर्ष ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमास्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका थिए, जुन हालसम्मकै अधिक हो । आन्तरिकमा गत वर्ष उडान तथा अवतरण गरेर दैनिक ३ सय उडान हुने गरेको थियो । उपत्यकाबाट दैनिक साढे ७ हजार यात्रु उडान भरिरहेका थिए भने सोही संख्यामा यात्रुले उपत्यकामा अवतरण गर्ने गरेका थिए ।

    काठमाडौंमात्र होइन, मोफसलका विमानस्थलमा समेत यात्रुको संख्या घटेको छ । कारोबार दैनिकका बारा संवाददाता प्रकाश लम्सालका अनुसार सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएका निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेका हुन् । चालू उडानले समेत पूरा यात्रु नपाएपछि निजी विमान कम्पनीले उडान संख्या अझै घटाउन सक्ने अवस्था बन्दै गएको छ । यसअघि नियमित हवाई यात्रा गर्ने यात्रुहरू बस, सुमो र भाडाका सवारी प्रयोग गरी राजधानी जाने क्रम भने बढेको यातायात व्यवसायीहरू बताउँछन् । कारोबार दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

  • प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

  • समाचार
  • १

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • २

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ३

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • ४

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • ५

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती
    २०८३ आश्विन १६, शुक्रबार

  • ६

    हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
    २०८३ आश्विन १६, शुक्रबार

  • ७

    सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
    २०८३ आश्विन १५, बिहिबार

  • ८

    नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित
    २०८३ आश्विन १५, बिहिबार

  • ९

    निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
    २०८३ आश्विन १५, बिहिबार

  • १०

    आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै
    २०८३ आश्विन १५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution