२०८१ कार्तिक १६, शुक्रबार
गैँडाकोट नगरपालिकाको आयोजना तथा पश्चिमाञ्चल टेक्निकल कलेज प्रा.लिको प्राविधिक सहयोगमा सुरु भएको तालिममा नगरभित्रका ३४ जना डकर्मीहरु सहभागी रहेको गैँडाकोट नगरपालिका भवन तथा वस्ती विकाश शाखाका इन्जिनियर मञ्जिल थपलियाले बताउनुभयो।
नगरभित्र भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेर मात्रै काम सुरु गर्नुपर्छ। अव बन्ने भवनहरु र निर्माण भैरहेका भवनहरू भुकम्प प्रतिरोधी हुन जरूरी रहेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो।
पाँचदिने तालिममा प्रमुख प्रशिक्षकको रूपमा इन्जिनियर विनोद सापकोटा,सन्तोष पौडेल, अशोक पोखरेल, प्रदिप कार्की र सन्देश सिग्देल लगायतले भूकम्प प्रतिरोधी भवन निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा कम लागतमा गुणस्तरीय भवन निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ ।
गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा गैँडाकोट नगरपालिका भवन तथा वस्ती विकाश शाखाका इन्जिनियर मञ्जिल थपलिया, सव इन्जिनियर निराजन भट्ट, र अंकित गौतम अतिथिको रुपमा रहनुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे