• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

२ सय स्थानीय तह अझै पनि निमित्तकै भरमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार

  • ३२६ पटक पढिएको
  • काठमाडौं । प्रशासनतर्फका शाखा अधिकृत र उपसचिवको अभाव हुँदा झन्डै २ सय स्थानीय तह अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुन बाध्य भइरहेका छन् । कानुनी व्यवस्थाअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल प्रशासन सेवाका अधिकृत, उपसचिव र सहसचिव रहने प्रावधान छ । तर, प्रशासन सेवाका अधिकृतहरूको अभाव हँुदा कतिपय स्थानीय तह निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका हुन् । अझै केही स्थानीय तहमा त नियमविपरीत प्रशासन सेवाभन्दा बाहेकका कृषि, स्वास्थ्य, भेटनरीलगायत समूहका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेको पाइएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शाखा अधिकृत र उपसचिवको अभाव हुँदा कतिपय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने बाध्यता रहेको हो । मन्त्रालयका अनुसार अहिले ७ सय ५३ वटा स्थानी तहमध्ये १ सय ७८ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । निमित्तका भरमा सञ्चालन भएकाहरूमा गाउँपालिका १ सय १, नगरपालिका ७१ र उपमहानगरपालिका ६ वटा रहेका छन् । कानुनअनुसार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा नेपाल सरकारका शाखा अधिकृत रहने व्यवस्था छ भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवस्तरका कर्मचारी रहने प्रावधान छ ।

    यसै गरी उपमहानगरपालिका र नगरपालिकामा भने सहसचिवस्तरका कर्मचारी रहने कानुनी व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा दरबन्दीअनुसारकै कर्मचारी पठाउन खोजे पनि जनशक्ति अभावका कारण सोअनुसार कर्मचारी व्यवस्थापन गर्न नसकेको जनाएको छ । उपसचिव दरबन्दी रहेकामध्ये ७१ वटा नगरपालिकामा शाखा अधिकृतलाई निमित्तको जिम्मेवारी दिइएको छ । त्यसै गरी शाखा अधिकृत दरबन्दी रहेकामध्ये १ सय १ गाउँपालिकामा स्थानीय तहकै तथा अन्य सेवा समूहका अधिकृत तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव खिलराज राईले उपसचिव र शाखा अधिकृतको अभावमा केही स्थानीय तहमा अहिले पनि निमित्त प्रमुख प्र्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । उहाँका अनुसार लोकसेवा आयोगबाट वार्षिक क्यालेन्डरअनुसार शाखा अधिकृत र उपसचिव परिपूर्ति गर्न ढिलाइ भएकाले पनि समस्या भएको हो । २०७८ सालमा लिइएको शाखा अधिकृतको परिणाम नआएकाले पनि गाउँपालिकामा पठाउने शाखा अधिकृतको अभाव भइरहेको मन्त्रालयका उपसचिव राईले बताउनुभयो । त्यसै गरी लोकसेवाको नियमित क्यालेन्डरअनुसार २०७९ सालमा हुनुपर्ने शाखा अधिकृतको पनि हालसम्म परीक्षा नै नभएकाले समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार केही स्थानीय तहमा भने केन्द्रबाटै शाखा अधिकृत तथा उपसचिवहरू जान नमान्ने अवस्था रहेकाले ती निकायमा अन्य सेवा समूहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।

    हालका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी आएपछि उहाँले स्थानीय तहमा सकेसम्म निमित्त नदिने कन्फर्म नै गराएर पठाउने नीति लिएकाले पछिल्लो समयमा निमित्तको जिम्मेवारी दिने क्रम रोकिएको छ । पहिलादेखि नै निमित्त रहेकालाई भने नचलाइएको तर नयाँ पठाउने क्रममा निमित्त दिएर पठाउने कार्य रोकिएको मन्त्रालयका उपसचिव राईले जानकारी दिनुभयो ।नेपाल समाचारपत्रबाट

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक

  • सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

  • सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह

  • शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता

  • समाचार
  • १

    मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक
    २०८३ श्रावण ४, सोमबार

  • २

    सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक
    २०८३ श्रावण ४, सोमबार

  • ३

    सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह
    २०८३ श्रावण ४, सोमबार

  • ४

    शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता
    २०८३ श्रावण ४, सोमबार

  • ५

    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    २०८३ श्रावण ४, सोमबार

  • ६

    लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट
    २०८३ श्रावण ४, सोमबार

  • ७

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ४, सोमबार

  • ८

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • ९

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • १०

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution