• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ ३, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र २७, सोमबार (२ साल अघि)

  • २१० पटक पढिएको
  • काठमाडौँ, चैत २७ गते  । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ ।

    सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

    सो शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन । कृषि तथा पशुपालनतर्फको पहिलो चरणको तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो ।

    ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गर्नुभयो ।

    उहाँका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । सो शाखाका निर्देशक कटुवालले युबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टममा परेकाले अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसले गर्दा नक्कली परीक्षार्थी प्रवेश गर्ने अवस्था नै रहँदैन ।”

    दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फ पहिलो र दोस्रो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

    ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ गतेसम्म आवेदन दिने समय तोकेको थियो ।

    ईपीएस शाखाका निर्देशक कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको जानकारी दिनुुभयो । उहाँका अनुसार यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यस वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी लिँदै आएको छ ।

    शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुई हजार नेपाली श्रमिक पठाउने गरी तयारी गरेको जनाएको छ । नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको शाखाका निर्देशक कटुवालले जानकारी दिनुभयो ।

    कोरियाले सन् २०२३ मा नेपाललगायत विभिन्न १६ देशबाट एक लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएकामा पहिलो चरणमा कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ माग आउनुुलाई नेपालीले ईपीएसमार्फत कोरिया गएर देखाएको इमानदारिताको सकारात्मक सङ्केतका रूपमा लिएको छ । कोरियाले यस वर्षदेखि देशगत रूपमा कोटा निर्धारण नगर्ने नीति लिएकाले नेपालीको कामप्रतिको लगनशीलता र इमानदारिताका कारण उत्पादनतर्फ नेपालीका लागि ३० हजारकै हाराहारीमा माग आउने अपेक्षा गरेको शाखाले जनाएको छ । सन् २०२३ का लागि उत्पादनतर्फको माग भने आइसकेको छैन ।

    सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेका छन् । सन् २००८ देखि बर्सेनि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा सन् २०२० र सन् २०२१ को दुुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।   गोरखापत्रबाट

  • दक्षिण कोरिया
  • रोजगार अनुमति प्रणाली (ईपीएस)
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

  • पाल्पामा बोलेरो र्दुघटना: २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

  • देशका अधिकांश स्थानमा बिहानैदेखि बर्षा

  • समाचार
  • १

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
    २०८२ अषाढ ३, मंगलबार

  • २

    पाल्पामा बोलेरो र्दुघटना: २ जनाको मृत्यु, एकको अवस्था गम्भीर
    २०८२ अषाढ ३, मंगलबार

  • ३

    चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
    २०८२ अषाढ ३, मंगलबार

  • ४

    देशका अधिकांश स्थानमा बिहानैदेखि बर्षा
    २०८२ अषाढ ३, मंगलबार

  • ५

    नेपालमा पुरुषमा ७२ र महिलामा ६७ प्रतिशत यौन दुर्वलता
    २०८२ अषाढ २, सोमबार

  • ६

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
    २०८२ अषाढ २, सोमबार

  • ७

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • ८

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ९

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • १०

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution