• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २६, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
३

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
४

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
५

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
६

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
७

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
८

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
९

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २९, सोमबार
१०

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
११

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र ३१, बुधबार
१२

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार

  • ६७३ पटक पढिएको
  • चितवन। झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ ।

    सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

    विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा  छन् ।

    चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन्।

    सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताउनुभयो ।

    चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिइँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उहाँको भनाइ छ ।

    अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा  छन् ।

    सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ । भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

    यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उहाँले बताउनुभयो । एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।

    विभिन्न दाताबाट सहयोग जुटाएर शल्यक्रिया गरिएको हो । एक जना व्यक्तिको आँखाको शल्यक्रिया गर्दा रु. सात हजार ५०० हाराहारी खर्च हुन्छ । भरतपुर आँखा अस्पतालले आधा रकम व्यहोरेर बाँकी दाताको सहयोगमा निःशुल्क शिविर गरिएको हो । उहाँको भनाइमा रु. तीन करोड २५ लाख ५७ हजार बराबरको शिविरमा निःशुल्क शल्यक्रिया गराइएको छ । यसै अवधिमा भरतपुर आँखा अस्पतालमा सात हजार १४८ को शल्यक्रिया गरिएको छ ।

    शिविर सञ्चालन र शल्यक्रियामा डाक फाउण्डेशन, सेवा फाउण्डेशन, नेपाल सरकार, लायन्स इन्टरनेशनल, स्थानीय सङ्घ संस्था र भरतपुर आँखा अस्पतालले साझेदारी गर्दै आएका छन् । अस्पतालका उपनिर्देशक डा. पुष्पा गिरीले पालिकामा सेवा पु¥याउन सकेमा लामो समयदेखि आँखाको समस्या देखिएकाको उपचार गर्न सकिने बताउनुभयो । ग्रामीण क्षेत्रसम्म पुगेर शिविर सञ्चालन गर्दा लामो समय आँखाको उपचार नपाएकाले घरदैलोमै सेवा पाउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारसँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको भनाइ छ ।

    अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले ठोरीको सेकेण्डरी अस्पतालले भारतीय नागरिकलाई समेत सेवा दिन सकेको बताउनुभयो । क्रमशः आँखा उपचारलाई पालिका पालिकासम्म पु-याउनुपर्ने उहाँको भनाइ छ । कोभिडका दुई वर्ष धेरैलाई सेवा दिन नसकेकोमा यस वर्ष निकै धेरैले सेवा पाएको उहाँ बताउनुहुन्छ । बाह्य शिविर प्रभावकारी बनाएर सेवा दिने काममा आँखा अस्पताल जुटेको उहाँले बताउनुभयो । सरकार र दाताको सहयोगका कारण अस्पतालले सेवा विस्तार गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।  रासस

  • चितवन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने

  • महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता

  • गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना

  • बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

  • समाचार
  • १

    सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने
    २०८३ आश्विन २६, सोमबार

  • २

    महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता
    २०८३ आश्विन २६, सोमबार

  • ३

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना
    २०८३ आश्विन २६, सोमबार

  • ४

    बूढीगण्डकी बाढी अपडेट : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन
    २०८३ आश्विन २५, आईतबार

  • ५

    हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरियो
    २०८३ आश्विन २५, आईतबार

  • ६

    बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार
    २०८३ आश्विन २५, आईतबार

  • ७

    बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता
    २०८३ आश्विन २५, आईतबार

  • ८

    बडादसैँ प्रारम्भ, घटस्थापना गरी जमरा राखिँदै
    २०८३ आश्विन २५, आईतबार

  • ९

    एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत
    २०८३ आश्विन २४, शनिबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २४, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution