• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १८, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
८

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
११

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
१२

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार

‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार

  • ३०४ पटक पढिएको
  • ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’
    घरमा बसु सौता त माइत सानीमा’
    ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’
    ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’

    गायिका शर्मिला गुरुङले गाउनुभएको यो  गीतले महिलाको बेदना बोलेको छ ।  सङ्गीतकार राजकुमार बगरले सङ्कलन गरेको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका  गीत बजारमा आएका छन् ।

    पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन् । हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ ।

    घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तीजका गीतले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।  यस्ता गीतप्रति आमनागरिक, कलाकार तथा स्रटाहरुले अश्लिलपना हटाउन र मौलिकपन भरिएका शब्दमा गीत रचना हुनुपर्ने धारणा बाहिएका छन् ।

    काठमाडौँ अनामनगरकी ६० वर्षीया हरिकला अधिकारलाई आजकाल बजारमा आएका तीज गीत कति पनि मन पर्दैन । गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका तीज गीत भएका कारण उनलाई सुन्न मन नलागेको हो । उनले भने “हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तीजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका तीज गीत बजारमा आएका छन्, सुन्न पनि नसकिने असभ्य लाग्ने खालका छन् ।”

    हरिकलाले भनेजस्तै अहिले बजारमा कतपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आएका छन् । एक महिनाअघि बजारमा ल्याइएको ‘पापाकी परी’ नामको गीत श्रृङ्खल शब्द र दृश्य राखिएको जनाउँदै विवादमा तानिएको थियो ।

    गायक तथा सङ्गीतकार शिव हमालले सिर्जना गर्नुभएको सो गीतमा ‘मोडल’ करिष्मा ढकालले पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै नाच्दै गरेको भिडियो देख्न सकिन्छ । गीतमा ‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी, सम्झेर गइसक्यो सातो बरिलै’ भन्ने शब्द राखिएको छ । गायिका सुशीला पाठकले गाउनुभएको यो तीज गीत मात्रै होइन उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियो पनि उस्तै खालका हेरिनसक्नु छन्, ती म्युजिक भिडियो बजारमा प्रशस्तै भेटिन्छन् ।

    गायक राजु परियारले हरितालिका तीजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छ । उनले भने, “बजारमा आएका सबै तीज गीतमा होइन, केही तीजका गीतमा मौलिकताको कमी हुँदै गएको पाइन्छ, पहिले पहिलेका तीज गीतमा झै अहिलेका तीजका गीतमा मेहनत कमी हुँदा विकृति विसङ्गति बढेको हो ।”

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष राधिका हमालले विकृति विसङ्गतिमा हटाउनका निम्ति प्रतिष्ठान लागिपरेको बताए । गीतमा मौलिकता हराउनुभन्दा पनि समयअनुसार गीतहरु गाउन थालिएको उनको भनाइ छ । तीजका विवादित गीतप्रति प्रतिष्ठानको निगरानी र सचेतनाका कारण यसपालि विकृति र विसङ्गतिले भरिएका गीतमा न्यूनीकरण हुँदै गएको उनको भनाइ छ ।

    पछिल्लो समय बजारमा आएका तीज गीतमा चेली र माइतीका बेदनाभन्दा पनि माया प्रेम, महिलाले लगाएको पहिरनको बयानलगायतको विषयमा तीजका गीत गाउने गरिएको छ । यस वर्ष बजार आएका ‘झमझम झम्कना लाउ कि नलाउ मँ’, ‘मै मोटी’, ‘दोदोरो मादल’, ‘ढुङ्गे धारा’, ‘मै राम्रो छैन’, ‘राधा’, र ‘डुबाउला रानीलाई’ लगायतका तीज गीत चर्चामा छन् ।

    गायक तथा सङ्गीतकार नारायण रायमाझीले पछिल्लो पटकका तीजका गीतमा मौलिकता गुमेको र विकृति विसङ्गति बढ्दै गएको टिप्पणी गरे । उनले भने, “तीजको महत्व, माइती र चेलीबीच सम्बन्धसँग जोडिएको हुन्छ, तर, यसको महत्व विस्तारै घट्दै गएको छ, पछिल्ला पटकका गीतमा व्यावसायिकताको नाममा विकृति र विसङ्गति बढिरहेको छ ।” तीजको गीत गाउनेमा महिलाभन्दा पुरुषको आकर्षण बढेको उनको धारण छ ।

    त्यसो त विगतका वर्षमा तीजका समयमा उत्ताउला खालका तीजका गीतहरु नल्याइएको होइन । ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ ‘तीजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’का कारण विवादमा परेका थियो ।

  • तीज गित
  • बिकृति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने

  • बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

  • असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

  • यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • २

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • ३

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • ४

    यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १७, शुक्रबार

  • ५

    नेपाल मलेसियासँग तीन रनले पराजित
    २०८२ आश्विन १६, बिहिबार

  • ६

    शुक्रबारदेखि-सोमबारसम्म जरुरी नभए यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
    २०८२ आश्विन १६, बिहिबार

  • ७

    बडा दशैंको टीका आज: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
    २०८२ आश्विन १६, बिहिबार

  • ८

    बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया
    २०८२ आश्विन १५, बुधबार

  • ९

    नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
    २०८२ आश्विन १५, बुधबार

  • १०

    गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक युवक पक्राउ
    २०८२ आश्विन १४, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution