• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
८

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
९

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार
१०

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
११

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
१२

नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित

२०८३ आश्विन १५, बिहिबार

लोकसेवा तयारी : समसामयिक बिषयगत प्रश्नोत्तर – भाग १२

प्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार

  • ८५९ पटक पढिएको
  • १. सरकारी निकायमा आन्तरिक लेखापरीक्षण गर्नुका उद्देश्यहरू जानकारी गराउँदै आन्तरिक लेखापरीक्षण गर्दा अपनाउने प्रक्रिया उल्लेख गर्नुहोस् ।

     सरकारी निकायबाट भएको आर्थिक कारोबारको सरकार मातहतको अर्को निकायबाट निरीक्षण एवं जाँच पड्ताल गरी सुधारका लागि सुझाव दिने काम आन्तरिक लेखापरीक्षण हो । महालेखा नियन्त्रक कार्यालय वा मातहतका कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा मातहतका एकाइहरू तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षण शाखा÷एकाइबाट सरकारी कार्यालयको आन्तरिक लेखा परीक्षण हुने गरेको छ । सरकारी निकायमा हुने आन्तरिक लेखापरीक्षणका उद्देश्यहरू निम्नानुसार छन् ः

    – आर्थिक कारोबारको नियमितता, मितव्ययिता, प्रभावकारिता परीक्षण गरी सुधारका लागि व्यवस्थापनलाई सुझाव प्रदान गर्ने,

    – प्रचलित कानुनबमोजिम आम्दानी तथा खर्च र सोको लेखाङ्कन प्रक्रियाको परीक्षण गरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्ने,

    – सङ्गठनलाई आवश्यक पर्ने वित्तीय प्रतिवेदनहरू समयमै सही र भरपर्दो रूपमा उपलब्ध गराउन सहयोग गर्ने,

    – आयोजना तथा कार्यक्रमहरू निर्धारित समयमा सम्पन्न गर्न सहयोग गर्ने,

    – अन्तिम लेखापरीक्षणका लागि स्रेस्ताहरू तयारी अवस्थामा राख्न लगाउने,

    – आर्थिक कारोबारमा बेरुजु र अनियमितता नहुने स्थिति सिर्जना गरी व्यवस्थापनलाई सहयोग गर्ने,

    आन्तरिक लेखापरीक्षणका प्रक्रिया

     आन्तरिक लेखापरीक्षण गर्दा आवश्यकताअनुसार देहायका प्रक्रिया अवलम्बन गरिन्छ ः

    – क) कागजातको पुनरवलोकन ः अभिलेख वा कागजातको अध्ययन, गोश्वारा भौचरसँग संलग्न बिल भर्पाइको अवलोकन, जिन्सी दाखिला प्रतिवेदनलगायतका कागजातको जाँच गर्ने ।

    – ख) गणना ः लेखापरीक्षणका क्रममा पेस भएका स्रेस्ता एवं प्रतिवेदनको गणितीय शुद्धताका लागि गणना गरी परीक्षण गर्ने ।

    – ग) सुनिश्चितता ः कार्यालयबाट पेस भएका अभिलेखमा उल्लेख भएका विवरणको थप पुष्ट्याइँका लागि सम्बन्धित पक्षबाट प्रमाण बुझी अभिलेखको यथार्थता सुनिश्चित गर्ने ।

    – घ) सोधपुछ ः सम्बन्धित निकाय वा बाह्य पक्षसँग अन्तर्वार्ता वा सूचनाको जानकारी लिने ।

    – ङ) अवलोकन ः सम्पन्न कार्यको स्थलगत अवलोकन, अनुगमन, निरीक्षण गर्ने ।

    – च) भौतिक परीक्षण ः सम्पत्ति, जिन्सी, उपकरण, प्लान्ट आदिको भौतिक रूपमा निरीक्षण गरी परिमाण यकिन छ) तुलना ः आम्दानी वा खर्चको स्थिति, नगद प्रवाहको अनुपात, सम्पत्ति तथा दायित्व मूल्याङ्कन आदिको अघिल्लो वर्षसँग तुलना गर्ने ।

    २. अन्तरसरकारी वित्तीय हस्तान्तरण भन्नाले के बुझिन्छ ? अन्तरसरकारी वित्त व्यवस्थापनका सन्दर्भमा वित्तीय अनुशासन कायम गर्न तहगत सरकारहरूले के कस्ता नियम पालना गर्नुपर्छ ? उल्लेख गर्नुहोस् । 

    – बहुतहगत सरकारहरू रहने शासकीय संरचनामा सामान्यतया एक तहको सरकारले अर्को तहको सरकारलाई उपलब्ध गराउने वित्तीय स्रोतलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण भनिन्छ । एउटै तहका सरकारबीच पनि वित्तीय हस्तान्तरणको अभ्यास पाउन सकिन्छ । यसरी सङ्घले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने अनुदान तथा कुनै एक स्थानीय तहले अर्को स्थानीय तहलाई उपलब्ध गराउने अनुदान नै अन्तरसरकारी वित्तीय हस्तान्तरण हो । नेपालमा एउटै तहका सरकारबीच हुने वित्तीय हस्तान्तरणको

    अभ्यास कमै पाइन्छ ।

    – वित्तीय हस्तान्तरणको सदुपयोग गरी सार्वजनिक हित प्रवद्र्धन गर्न वित्तीय अनुशासन अपरिहार्य मानिन्छ । यसका लागि वित्तीय अनुशासनसम्बन्धी नियमको पालना गर्नुपर्छ । तहगत सरकारले सार्वजनिक वित्त परिचालन गर्दा देहायका नियमहरू पालना गर्नुपर्छ ः

    – प्रदेश र स्थानीय तहले आर्थिक र वित्तीय नीति तर्जुमा गर्दा नेपाल सरकारको तत्सम्बन्धी नीतिको अनुसरण गर्नुपर्ने ।

    – नेपाल सरकार, प्रदेश तथा स्थानीय तहलाई प्राप्त हुने सबै आय तत् तत् तहको सञ्चित कोषमा दाखिला गर्नुपर्ने ।

    – सञ्चित कोषमाथि व्ययभार हुनेबाहेकका रकम बजेटमा व्यवस्था गरी सम्बन्धित सभाबाट स्वीकृत गरेर मात्र खर्च गर्नुपर्ने ।

    – अनुदानको रकम जुन प्रयोजनका लागि प्राप्त भएको हो, सोही प्रयोजनका लागि खर्च गर्नुपर्ने ।

    – बजेटमा पुँजीगत खर्चका रूपमा विनियोजन भएको रकम चालू खर्चमा रकमान्तर गर्न नहुने ।

    – वित्तीय व्यवस्थापनसम्बन्धी कामकारबाही कानुनबमोजिम पारदर्शी रूपमा गर्नुपर्ने ।

    – आय–व्ययको लेखापरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने ।

    – बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी सोको विवरण प्रत्येक वर्ष कात्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्ने ।

    – नेपाल सरकारले प्रदेश र स्थानीय तहसमेतको एकीकृत आर्थिक विवरण तयार गरी प्रत्येक वर्ष पुस मसान्तभित्र सार्वजनिक गर्नुपर्ने ।

    – आय र व्ययको वर्गीकरण र लेखाङ्कन महालेखा नियन्त्रकको कार्यालयको सिफारिसमा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत भएबमोजिम गर्नुपर्ने ।

    – आय र व्ययको आवधिक विवरण महालेखा नियन्त्रकको कार्यालयको सिफारिसमा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत भएको ढाँचामा तयार गरी कानुनले तोकेको अवधिमा तोकेको निकायमा पेस गर्नुपर्ने ।

    यसरी नेपाल सरकार, प्रदेश तथा स्थानीय तहहरू वित्तीय अनुशासनका नियमबाट बाँधिएका छन् । उल्लिखित नियमविपरीत हुने वित्तीय कामकारबाही लेखापरीक्षकबाट बेरुजुका रूपमा औँल्याउन सकिन्छ ।

    ३. दिगो विकास लक्ष्य भन्नाले के बुझ्नुहुन्छ ? यी लक्ष्यका अन्तरनिहित सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।

     पृथ्वी र मानव जातिको साझा हित संरक्षण र प्रवद्र्धन गर्दै शान्ति, समृद्धि र विकासका लागि तय गरिएका विश्वव्यापी साझा कार्यसूची नै दिगो विकास लक्ष्य हुन् । संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१६ देखि २०३० सम्मको अवधिमा हासिल गर्ने गरी १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएको छ । यी लक्ष्यमा अन्तरनिहित सिद्धान्तहरू निम्नानुसार छन् ः

    – क) विश्वव्यापकता ः यो कार्यसूचीको दायरा विश्वव्यापी छ र यी लक्ष्य प्राप्त गर्न विकसित वा अविकसित, धनी वा गरिब सबै हैसियतका मुलुकको प्रतिबद्धता रहेको छ ।

    – ख) कसैलाई पछाडि नछाड्ने मान्यता ः यो कार्यसूचीले गरिबी र बञ्चितीकरणमा रहेका समूह विशेषका चुनौती र संवेदनशीलता सम्बोधन गर्दै साझा समृद्धि हासिल गर्ने अठोट लिएको छ । विकासको लाभ सबैमा बाँड्न खण्डीकृत तथ्याङ्कमा जोड दिइएको छ ।

    – ग) अन्तरसम्बन्धता र अविभाज्यता ः दिगो विकासलाई पृथक् रूपमा नहेरी आर्थिक तथा सामाजिक विकास एवं वातावरण संरक्षणको एकीकृत अवधारणाका रूपमा बुझ्नुपर्छ । दिगो विकासका १७ लक्ष्य एकआपसमा अन्तरसम्बन्धित, अन्तरप्रभावी र परिपूरक छन् । लक्ष्य कार्यान्वयनलाई समष्टीगत रूपमा अगाडि बढाउनुपर्छ ।

    – घ) समावेशिता ः समाजका जुनसुकै जात, लिङ्ग, समुदाय वा पहिचानका मानिस यी लक्ष्यको कार्यान्वयनमा भाग लिन वा सहभागी हुन पाउनुपर्छ । भावी पुस्ताको भविष्यप्रति संवेदनशील हुँदै वर्तमानमा नीति निर्माण र कार्यान्वयन गर्दा बालबालिका, किशोर–किशोरी र युवाका चासो र सरोकारलाई सम्बोधन गर्नुपर्छ ।

    – ङ) बहु–सरोकारवालाको सहकार्य र साझेदारी ः लक्ष्य हासिल गर्न सरकारका सबै अङ्ग, अन्तर्राष्ट्रिय दातृ निकायहरू, लगानीकर्ता, परोपकारी संस्था तथा समाजका सबै अवयवको ज्ञान, प्रविधि, विज्ञता र आर्थिक स्रोतको परिचालन र आदानप्रदान आवश्यक हुन्छ । सरोकारवालाबीचको आपसी सहकार्य र साझेदारी नै लक्ष्य प्राप्तिका आधार हुन् ।

    ४. आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुदानका आधारहरू उल्लेख गर्नुहोस् ।

     कुनै एक तहको सरकारले अर्को तहको सरकारलाई आफ्नो नीति, योजना वा कार्यक्रम कार्यान्वयनका लागि निश्चित सर्त तोकी उपलब्ध गराउने रकमलाई ससर्त अनुदान भनिन्छ । नेपालको तीन तहको सङ्घीय संरचनामा सङ्घले प्रदेश तथा स्थानीय तह र प्रदेशले प्रदेशअन्तर्गतका स्थानीय तहहरूलाई ससर्त अनुदान उपलब्ध गराउने व्यवस्था संविधान र अन्य प्रचलित कानुनमा रहेको छ । यस सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आधार तोक्ने र सुझाव प्रदान गर्ने काम गर्छ ।

    – आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुदानका आधारहरू निम्नअनुसार रहेका छन् ः

    – क) नेपाल सरकारको अधिकारको सूचीभित्रका कुनै विषय वा कार्यक्रम र आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था,

    – ख) राष्ट्रिय नीति तथा कार्यक्रमलाई प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने अवस्था,

    – ग) प्रदेश तथा स्थानीय तहमा राष्ट्रिय मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने अवस्था,

    – घ) पूर्वाधारसम्बन्धी क्रमागत वा अधुरा आयोजनालाई पूर्णता दिनुपर्ने आवश्यकता,

    – ङ) अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन भएका कार्यक्रम वा आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था,

    – च) नेपाल सरकारको अनिवार्य दायित्व रहेको खर्च भुक्तानी गर्नुपर्ने अवस्था,

    – छ) सन्तुलित विकासका निमित्त आवश्यक रणनीतिक महŒवका परियोजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्था ।

    ५. नेपालजस्ता विकासोन्मुख मुलुकको विकासमा नागरिक संलग्नताका अवरोधहरू पहिचान गर्दै नेपालको समग्र विकासमा नागरिक संलग्नता अभिवृद्धि गर्न सार्वजनिक क्षेत्रको भूमिका उल्लेख गर्नुहोस् ।

     विकासमा नागरिक संलग्नताले नागरिकको जीवनमा प्रभाव पार्ने सरकारी नीति, निर्णय, आयोजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन तथा अनुगमन मूल्याङ्कनमा सरोकारवाला नागरिक संलग्न भई आफू र आफ्नो समुदायको हित र चासो सम्बोधन गराउने प्रक्रियालाई बुझाउँछ ।

    – विकासोन्मुख मुलुकहरू आर्थिक सामाजिक विकासको दृष्टिले पछाडि परेका हुन्छन् । नागरिक अभियान र आवाजहरू कमजोर हुन्छन् । सार्वजनिक नीति निर्माणमा नागरिकको संलग्नता न्यून रहेको पाइन्छ । कानुनको कार्यान्वयन पक्ष फितलो हुन्छ । सार्वजनिक उत्तरदायित्व, पारदर्शिता, विधिको शासनजस्ता सुशासनका सवालहरू कमजोर अवस्थामा रहेका हुन्छन् । यस सन्दर्भमा नेपालमा नागरिक संलग्नतामा रहेका अवरोध तŒवहरूलाई निम्नानुसार पहिचान गरिएको छ ः

    – कसलाई, कसरी, कहिले–कहिले, कुन क्षेत्रमा, कुन तहसम्म नागरिकलाई संलग्न गराउने भन्ने स्पष्ट नीतिगत दृष्टिकोणको अभाव,

    – सरकारलाई छोटो कार्यकालमा धेरै नतिजा निकाल्न दबाब हुँदा नागरिक संलग्नता प्राथमिकतामा नपर्नु,

    – ञविपत् र सङ्कटको समयमा तत्काल निर्णय लिनुपर्ने बाध्यता,

    – सार्वजनिक संस्थाहरू लोकतान्त्रिक मूल्य र मान्यताबमोजिम चल्न नसक्नु,

    – नागरिकलाई अज्ञानी, अबुझ र असक्षम तथा आफूलाई सर्वज्ञानी, पदेन विद्वान् र सक्षम ठान्ने अहं शासकीय सोच र कार्यशैली हट्न नसक्नु,

    – नागरिक समाजले आफ्ना आदर्शबाट विमुख भई निष्पक्ष भूमिका निर्वाह गर्न नसक्नु,

    – नागरिकमा गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने तथा आपसी सहमतिबाट समाधान खोज्ने लोकतान्त्रिक संस्कार कमजोर हुँदै जानु,

    – नागरिकको न्यून आयस्तरका कारण शासकीय मामिलामा सहभागी हुने, अभिमत जाहेर गर्ने विषय

    प्राथमिकतामा नपर्नु,

    – राज्यस्तरबाट शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा न्यून लगानी र न्यून अवसर प्रदान हुनु,

    – विकाससम्बन्धी आधुनिक मूल्य मान्यताले आयातित ज्ञान, सीप र प्रविधिलाई महŒव दिनु,

    – स्थानीय, मौलिक र परम्परागत ज्ञान, सीप र प्रविधिको पहिचान, संरक्षण, उपयोग र विकास हुन नसक्नु,

    – प्राप्त अवसरमा सम्भ्रान्त वर्गका सीमित नागरिकको हालिमुहाली हुनु,

    – अत्यधिक दलीयकरणले सार्वजनिक मुद्दाहरूमा स्वतन्त्र र निष्पक्ष आवाज मलीन हुनु र दलगत रूपमा विभक्त आवाजहरू बुलन्द हँुदै जानु,

    – सार्वजनिक निकायमा सूचनाको अत्यधिक केन्द्रीकरण हुनु ।

    – उल्लिखित अवरोधलाई पन्छाउँदै सार्वजनिक क्षेत्रले नागरिकको सरोकारका विषयमा निर्णय लिँदा नागरिकलाई सहभागी गराउने पद्धतिको विकास गराउनुपर्छ । त्यसका लागि सरकारको भूमिका देहायबमोजिम रहन्छ ः

    – विकासमा नागरिक संलग्नताका क्षेत्र, विधि, सहभागी हुने वर्ग आदिको पहिचान गरी स्पष्ट दृष्टिकोण तय गर्ने,

    – नागरिक संलग्नताका सन्दर्भमा विद्यमान प्रावधानहरू जस्तै– नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण एवं सहभागितामूलक योजना तर्जुमा र कार्यान्वयनलाई प्रभावकारी बनाउने,

    – सार्वजनिक क्षेत्रमा जवाफदेहिता, पारदर्शिता, खुलापन, कानुनको शासन, सदाचारिता आदि प्रवद्र्धन गर्ने,

    – सार्वजनिक सेवाकर्ममा संलग्न हुनेहरूको आचरण, संस्कार र कार्यशैलीमा सुधार गरी लोकतान्त्रिक एवं

    नागरिकमैत्री बनाउने,

    – कमजोर वर्गलाई शासकीय मामिलामा संलग्न गराउन क्षमता विकास गर्ने, प्रोत्साहन गर्ने, स्रोतसाधनले साथ दिएसम्म आर्थिक प्रोत्साहन प्रदान गर्ने,

    – अनियमितता, चुहावट र भ्रष्टाचार न्यूनीकरण गरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षामा सरकारको लगानी वृद्धि गर्ने,

    – समाजमा व्याप्त गरिबी, असमानता र पछौटेपनलाई न्यूनीकरण गर्ने एवं स्रोतसाधन एवं अवसरको न्यायोचित वितरणको व्यवस्था मिलाउने,

    – परम्परागत र मौलिक ज्ञान, सीप र प्रविधिलाई मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा उपयोग गर्ने,

    – आधुनिक एवं डिजिटल प्रविधिको अधिकाधिक उपयोगबाट सार्वजनिक सेवा र नागरिक सरोकारका विषयमा राय, सुझाव र प्रतिक्रिया लिने व्यवस्था गर्ने,

    – सरकारले प्रदान गरेका सेवा, सहुलियत र अवसरको अत्यधिक प्रचारप्रसार गर्ने र नागरिकमा पर्याप्त सूचना प्रवाह गर्ने ।

    – नागरिक लादिएको विकासका निष्क्रिय उपभोगकर्ता मात्र नभई विकास सम्बद्ध नीति तथा योजनाका तर्जुमाकार र साझेदार पनि हुन् । यस मान्यतालाई आत्मसात् गरेमा नागरिकको साथ, सहयोग, समर्थन र विश्वास आर्जन गर्न सकिन्छ । तब मात्र सरकारका विकास प्रयासले सार्थक उपलब्धि हासिल गर्न सक्दछन् । गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा प्रश्न
  • लोकसेवा बिषयगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

  • बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

  • सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता

  • गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

  • समाचार
  • १

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै
    २०८३ कार्तिक १०, सोमबार

  • २

    बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
    २०८३ कार्तिक ९, आईतबार

  • ३

    सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता
    २०८३ कार्तिक ९, आईतबार

  • ४

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ९, आईतबार

  • ५

    एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा
    २०८३ कार्तिक ८, शनिबार

  • ६

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • ७

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ८

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ९

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • १०

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution