• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

यी हुन नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार

  • ७५२ पटक पढिएको
  • पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपुरको पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिकसँगै धार्मिक पर्यटकीयस्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

    जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका लागि यहाँका मठ मन्दिर परिचित रहेका छन । जिल्लाका एक दर्जन बढी धार्मिक पर्यटकीयस्थल मध्ये पाँच प्रमुख गन्तब्य पर्यटकीय आकर्षणको रुपमा रहेका छन् ।

    मौलाकालीका मन्दिर

    नवलपुरको धार्मिक पर्यटकीय क्षेत्रमध्यको एक प्रसिद्ध मौलाकालीका मन्दिर हो । नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने यो मन्दिर आजभन्दा करिब दुई सय वर्ष पहिले पाल्पाली राजा मुकुन्दसेनको पालामा स्थापना भएको मानिन्छ । हाल यहाँ प्यागोडाशैलीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।

    पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ पहाडको टुप्पोमा समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा मौलाकालीका मन्दिर रहेको छ । मन्दिर परिसरबाट गैँडाकोट, भरतपुर, नारायणी नदी, देवघाट धाम क्षेत्रदेखि मनोरम हिमाली दृश्यसमेत अवलोकन गर्न सकिन्छ । मौलाकालीका मन्दिरको दर्शनका लागि देशका विभिन्न भूगोलसहित भारतबाट समेत बर्सेनि हजारौँ धार्मिक पर्यटक आउने गर्दछन् । मौलाकाली मन्दिरमा पुग्न थप सहजता होस् भनेर यहाँ केबुलकार सञ्चालनको तयारी गरिएको छ ।

    त्रिवेणी धाम


    त्रिवेणी धाम नवलपुरको प्रमुख पर्यटकीय क्षेत्रमध्यको एक हो । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणी धाम जिल्लाकै दक्षिण भूभागअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–६, मा अवस्थित रहेको छ । भारतीय सीमा क्षेत्र नजिक रहेको त्रिवेणी धाम तमसा, स्वर्ण भद्र र नारायणी नदीको सङ्गमस्थलमा रहेको छ । यिनै तीन नदीको सङ्गमस्थल भएकाले नै यो क्षेत्र त्रिवेणी धामका रुपमा नामकरण भएको हो ।
    त्रिवेणी धाममा रहेका गजग्राह, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण, हनुमान, शिव पार्वतीका मन्दिर आदि यहाँका आकर्षण हुन । योसँगै त्रिवेणी धाममा रहेको सिस महलले यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्दछ । सिसै सिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ ।

    त्रिवेणी धाममा साउन महिनामा धार्मिक यात्रामा जानेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । माघे औँसी, शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । “त्रिवेणी धाम आफ्नो पालिकामा पर्ने भए पनि देशकै प्रमुख धार्मिक क्षेत्र हो, यहाँ थप पर्यटकीय प्रवद्र्धन गर्न योजना बनाइरहेका छौँ”, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले भन्नुभयो । भारतीय सीमासँग जोडिएकाले यसको थप प्रवद्र्धन गरी लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।

    दाउन्ने देवी मन्दिर


    विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने नवलपुरको अर्को प्रमुख धार्मिक पर्यटकीयस्थल दाउन्ने देवी मन्दिर हो । दाउन्ने पर्वतमा अवस्थित मन्दिर राजमार्गको छेउमा रहेको र यातायातको सहज पहुँचका कारण पनि यो मन्दिरको महत्व बढेको छ । दाउन्ने पहाडको काखमा एक हजार २३ मिटर अग्लो उचाइमा रहेको यो मन्दिरको स्थापना संवत् १८८० मा गरेको बताइन्छ । राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सौजन्यबाट देवी मूर्ति प्राप्त भएपछि यहाँ स्थापना गरिएको मान्यता रहेको छ ।

    दाउन्ने मन्दिर जाँदा यात्राको बीच भागमा बौद्धमार्गीको गुम्बा भेट्न सकिन्छ । कलात्मक गुम्बा यहाँको आकर्षणका रुपमा रहेको छ । विशेष गरी साउन महिनाभरि भक्तजनको उल्लेख्य उपस्थित रहने गर्दछ । यस बाहेक अन्य समयमा समेत भ्रमणका लागी धार्मिक पर्यटक यहाँ पुग्ने गर्दछन् ।

    अकलादेवी माई


    जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको अकलादेवी माइको मन्दिर बौदिकाली गाउँपालिका–२ डेढगाउँमा पर्दछ । यो मन्दिर पहाडी क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्ये पर्दछ । हाल निर्माणाधीन कालीगण्डकी करिडोरसँगै अकलादेवी जोडिएको छ । कालीगण्डकी करिडोरले यसको महत्व थप बढाएको छ र करिडोर निर्माणसँगै यसको संरक्षण गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ । स्थानीय जनश्रुतिअनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएतापनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको बिश्वास गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।

    मन्दिर नजिकै अकला गुफासमेत रहेको छ । चैत पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । नवलपुरसहित छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, पाल्पा, चितवन, गुल्मी, कास्कीसहित देशका अन्य भागबाट समेत भक्तजन मनोकामना पूरा हुने मान्यताले पूजाअर्चनाका लागि अकलादेवी आउने गर्दछन् ।

    शाश्वतधाम


    नवलपुरको देवचुली नगरपालिका–२ मा शास्वतधाम रहेको छ । शाश्वतधाम पछिल्लो समय पर्यटनको प्रमुख गन्तव्य बनेको छ । शाश्वतधाम पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ ।

    सनातन धर्मको आध्यात्मिक र धार्मिक महत्वलाई सुरक्षा गर्न पुरातात्विक तथा आधुनिक शिल्पी उपयोग गरेर धाम निर्माण गरिएको छ । ‘धर्मो रक्षति रक्षति’ अर्थात् धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै देवचुली र वडाचुली पहाडको काखमा अवस्थित शाश्वत धाम नेपालकै एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिएको छ । करिब सात बिघा क्षेत्रफलमा फैलिएको धामको मध्यभागमा दक्षिणी भारतमा प्रसिद्धी कमाएको खजुराव शैलीमा बनेको एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ । यो तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइने भएकाले यो ताललाई ‘सर्वोतीर्थ सरोवर’ नामकरण गरिएको छ ।

    मन्दिरका अलावा धाममा गुरुकुल, विद्याश्रम, बौद्ध, चैत्य, बुद्धिष्ट सेन्टर, दशद्वार, अर्जुनरथ, ढुङ्गेधारा, श्रीकृष्ण लीला, वैदिक खेल  अखण्ड अग्नि कुण्ड, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक सङ्ग्रहालय, धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल रहेका छन् ।

    शाश्वत धामको गत महिनासम्ममा ४२ लाखले अवलोकन गरेको जनाइएको छ । पाँच वर्षको अवधिमा यो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकले यसको अवलोकन गरेका हुन् । शाश्वत धामलाई नेपाल सरकारले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरिसकेको छ । रासस

  • अकलादेवी माई
  • त्रिवेणी धाम
  • दाउन्ने देवी मन्दिर
  • मौलाकालीका मन्दिर
  • शाश्वतधाम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि

  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो

  • दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता

  • समाचार
  • १

    एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि
    २०८२ मंसिर ७, आईतबार

  • २

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ७, आईतबार

  • ३

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो
    २०८२ मंसिर ७, आईतबार

  • ४

    दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    २०८२ मंसिर ७, आईतबार

  • ५

    आज यी दुई प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ७, आईतबार

  • ६

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • ७

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • ८

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • ९

    मौलाकाली केवलकार आजदेखि संचालनमा
    २०८२ मंसिर ६, शनिबार

  • १०

    यी चार प्रदेशमा आज आंशिक बदली हुने
    २०८२ मंसिर ६, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution