२०८१ बैशाख ८, शनिबार
काठमाडौं, ७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् ।
उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे