• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार

शिक्षक आन्दोलनको औचित्य र संवैधानिक व्यवस्था

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन १, सोमबार

  • ७७३ पटक पढिएको
  • * रामजी आचार्य

     नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । यो विधेयक संसदबाट पारित भएमा कानुनी मान्यता पाउने छ त्यसैले विधेयक संसदबाट पारित हुनुपुर्व सरकारलाई दवाव दिन शिक्षकहरूले आन्दोलनको घोषणा नै गर्न बाध्य बनेकाछन्। संसदमा दर्ता भएको यस विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण परीक्षा अर्थात् ८ कक्षाको परीक्षा स्थानीय तहबाट र माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव गरिएको छ तर माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश स्तरीय राख्नु नै उपयुक्त देखिन्छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२  राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने प्रस्ताव पनि विधेयकले गरेको छ । त्यस्तै दर्ता  भएको विधेयकले सार्वजनिक विद्यालयका शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने प्रावधान प्रस्ताव गरेको छ । ‘शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुनु नपाउने राम्रो  व्यवस्था पनि  विधेयकमा छ । वियालय शान्ति क्षेत्र घोषणा गरिएको छ यस्तै, शिक्षकलाई प्रदर्शन र हडताल गर्नसमेत प्रतिबन्ध लगाउनु अनुपयुक्त मान्न सकिन्न। राहात शिक्षक  र उच्चमाविका शिक्षकका हकमा केही नरम देखिएको शिक्षा विधेयक २०७५ पछिका शिक्षकका हकमा अनुदार देखिन्छ ।

    अहिले( शिक्षा विधेयक का रुपमा )ऐन संसदमा टेबुल भएपछि यसका धेरै प्रावधानसँग असहमति जनाउदै  शिक्षकहरु आन्दोलित छन विशेष गरेर स्थानिय तहलाइ हस्तान्तरण गर्न खोजिएको असाधारण अधिकार र पेशागत असुरक्षा मुख्य विषय हो। आन्दोलनको घोषणा गरेर विद्यालय बन्द गरेर पठनपाठन नै ठप्पपारी आफ्नो हक र अधिकारका लागि महासङ्घको आव्हानमा देशभरका ७७ जिल्लाबाट असोज ३ देखि काठमाडौँ केन्द्रीकृत आन्दोलनको क्रममा छन्। कक्षा कोठामा जानू पर्ने ,अधिकारका र कर्तव्यका कुरा सिकाउने शिक्षक नै आफ्नो अधिकारको लागि कक्षा कोठाको पठन पाठन बन्द गर्न बाध्य हुनु दुखद छ । छिटोभन्दा छिटो समस्या समाधान हुनेछ भन्ने कामना गरौँ । यस्तो संवेदनशील विषयले सबैको ध्यानाकर्षण गराए कै छ त्यसले मेरो पनि ध्यानाकर्षण गरायो त्यसपछि संवैधानिक व्यवस्थाका के रहेछ खोज्न र पढ्न प्रेरित भएँ । सरसरति अध्ययन गर्दा  शिक्षा सम्बन्धि संवैधानिक व्यवस्थामा माध्यमिक तहसम्मका सबै अधिकार स्थानीय तहमा केन्द्रित देखिन्छ ।

    वास्तविक सत्यतथ्य जान्न अहिले टेबुल भएको विधेयक (ऐन ) र संवैधानिक व्यवस्था पनि अध्ययन हुन जरुरी छ । विधेयक (ऐन )  पूर्ण त संवैधानिक व्यवस्था अनुसार देखिन्छ । यसमा सरोकार वालाले संविधान बन्ने समयमा ध्यान दिन नसकेको देखिन्छ पक्ष र विपक्षमा विभाजन हुनुको परिणाम हो यो । जेहोस् अब सरकारले ज्वारसमान उठेको आन्दोलनलाई कमजोर बनाउन आन्दोलन छाडेर वार्तामा आउन आव्हान गर्ने छ । बिस्तारै आन्दोलन कमजोर हुने वा उग्र बनेर सरकारलाई यो विधेयक गलपासो पनि बन्न सक्ने छ । यो त समयले देखाउला तर संवैधानिक प्रावधान कस्तो रहेछ त एकपटक हेरौँ ।

    १. नेपालको संविधान, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ। जस अन्तर्गत सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानको अधिकार गाउँपालिका र नगरपालिकामा निहित छ।

    २.संविधानको अनुसूची ८ मा स्थानीय तहलाई दिइएको एकल अधिकार सूचीमा आधारभूत तथा माध्यमिक शिक्षा पनि छ।

    ३.संविधानको धारा ५७ को उपधारा (४) ले अनुसूची ८ मा उल्लिखित अधिकारको प्रयोग संविधान र गाउँ सभा वा नगर सभाले बनाएको कानून बमोजिम हुनेछ भन्ने उल्लेख गरेको छ। यसले पालिकाहरूले आफैं ऐन, नियम तथा कार्यविधि बनाई कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गरेको छ।

    ४.अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार सूचीमा शिक्षा सहित १५ वटा विषय राखिएका छन्। यसको प्रयोग गर्न भने सङ्घ र प्रदेश कानूनसँग नबाझिने गरी स्थानीय तहले कानून बनाउनुपर्ने संवैधानिक व्यवस्था छ।

    ५.संविधानमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ। त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गराउने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ।

    यी संवैधानिक व्यवस्थालाई अध्ययन गर्दा अब आन्दोलनको माग सम्बोधन गर्न नेपालको संविधान, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन वा शिक्षा विधेक फिर्ता गरेर २०२८ कै शिक्षा ऐन यथावत राख्नु  वा सामान्य संसोधनसहित पारित गर्ने मार्ग पनि हुन सक्छ । आन्दोलनरत शिक्षकलाइ पेलेरै जाने वा पहिलो विकल्प रोज्ने सरकारलाई दुई बिकल्प देखिन्छ । सरकार कसरी प्रस्तुत हुने छ केही समय कुर्नै पर्छ र यसलाई  कानुनका व्याख्याताले कसरी व्याख्या गर्ने हुन त्यो हेर्न बाँकी छ। यी लेखकका निजी बिचार हुन्।

                              प्राध्यापक, जनमुखी आदर्श कलेज, गैँडाकोट १५ अमरापुरी

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

  • यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

  • १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया

  • प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

  • समाचार
  • १

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • २

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ३

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • ४

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • ५

    यी चार प्रदेशका बिभिन्न ठाउँमा आंशिक बदली हुने
    २०८२ आश्विन २०, सोमबार

  • ६

    कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १९, आईतबार

  • ७

    चट्याङ लागेर रौतहटमा दुईजना किशोरको मृत्यु
    २०८२ आश्विन १९, आईतबार

  • ८

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • ९

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • १०

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution