२०८२ कार्तिक १६, आईतबार
न्यूजील्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३८ रन बनाएको हो ।
नेपालका लागि अर्जुन कुमाल शानदार ब्याटिंग गर्दै ९० रन बनाए पनि जित भने दिलाउन सकेनन् । कुमालले १०४ बलमा १२ चौका प्रहार गर्दै ९० रन बनाएका कुमाल आउट भएका थिए । त्यस्तै नेपालका कप्तान देव खनाल ३६, सुबास भण्डारीले अविजित ३३, दिपक बोहोराले १५, आकाश चन्दले १४ र तिलक भण्डारीले अविजित १७ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको थियो । न्यूजील्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भएका थिए ।
त्यसैगरी नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।
योसँगै समुह डी मा न्यूजील्याण्ड र पाकिस्तानले आ-आफ्नो पहिलो खेल जितेर २-२ अंक हासिल गरेका छन् भने नेपाल र अफगानिस्तानले आ-आफ्नो खेलमा हार बेहोरेका छन् ।
नेपालले अब अर्को खेल जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।
यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् ।
अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे