• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

त्रि–दिवसीय अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमको समापन

पाँच विषयवस्तुमा बहस: पारित गरिए पाँच प्रस्तावहरु
नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ श्रावण २७, आईतबार

  • ३७८ पटक पढिएको
  • चितवन, साउन २७ । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम विभिन्न प्रस्तावहरु पारित गर्दै आइतबार समापन गरिएको छ । गत शुक्रबार सुरू भएको उक्त अभ्यास कार्यक्रममा चितवनसहित विभिन्न जिल्लाका २८१ जना विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को प्रतिनिधत्व गरेका सभापति अविप्श्या कार्की सभापति र उपसभापति ऋति श्रेष्ठको समितिले ‘समतामूलक समाज निर्माणका लागि वर्गभेद उन्मूलन’मा बहस गरी समतामूलक समाज निर्माणका लागि शैक्षिक सुधार र सबैलाई अवसर प्रदान गरी वर्ग, जातीभन्दा माथि उठेर आदर्श समाज निर्माण गर्ने निर्णय पारित गरेको छ ।

    त्यसैगरी, समृद्धि क्षेत्री सभापति र सिर्जना लम्साल उपसभापति रहेको संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम समितिले प्लाष्टिकको अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने मुद्दामाथि बहस गरी जलस्रोतमा प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्नका लागि नीति निर्माण गर्दै नवीनतम् प्रविधिको प्रयोग गरी विश्व समुदायसँग हातेमालो गर्ने निर्णय पारित गरेको छ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रतिनिधित्व गरेका सभापति पल्लव अधिकारी र उपसभापति दिमिसा विष्टको समितिले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयासबारे युद्धका कारणबारे अध्ययन गरी स्थायी शान्ति स्थापनाका लागि दुवै देशलाई सुझाव दिने प््रस्तावहरु पारित गरेको छ । त्यसैगरी संयुक्त राष्ट्र बालकोषको सभापतिको प्रतिनिधित्व गरेका सभापति शुभांसराज के.सी र उपसभापति जोएल के.सी.को समितिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माणका लागि विभिन्न मुद्दामाथि बहस गरी दिगो शान्तिका लागि अधिकतम् प्रयास गर्ने प्रस्तावहरु पारित गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघकै अर्को समिति विश्व स्वास्थ्य संगठनको प्रतिनिधित्व गरेको साजन अधिकारी सभापति र आकर्षा सापकोटा उपसभापति रहेको समितिमा ‘विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति’माथि छलफल गरी आर्थिक स्रोत जुटाउँदै विश्वव्यापीरुपमा मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसेवाका रुपमा दर्ज गराउन प्रयास गर्ने प्रस्ताव पारित गरिएको छ ।

    कार्यक्रममा संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रमअन्तर्गत क्रोएसियाका प्रतिनिधिले सर्वोत्कृष्ट प्रतिनिधि, इण्डोनेसियाका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, जाम्बियाका प्रतिनिधिले उत्कृष्ट कार्यपत्र, घानाका प्रतिनिधिले विशेष उल्लेखनीय प्रतिनिधिको पुरस्कार जितेका थिए । त्यस्तै, संयुक्त राष्ट्रसंघ बालकोष कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट प्रतिनिधिको उपाधि बहराइनका प्रतिनिधिले जिते भने रूवाण्डाका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, केन्याका प्रतिनिधिले विशेष उल्लेखनीय प्रतिनिधि प्रतिनिधिको पुरस्कार जितेका थिए ।

    त्यसैगरी, विश्वस्वास्थ्य संगठनअन्तर्गत सर्वोत्कृष्ट प्रतिनिधि भारत, उत्कृष्ट प्रतिनिधि म्यानमार, उत्कृष्ट कार्यपत्र माल्टा र विशेष उल्लेखनीय प्रतिनिधिको उपाधि इजरायलका प्रतिनिधिले जितेका छन् । त्यसैगरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तगर्त प्यालेस्टाइनका प्रतिनिधिले सर्वोत्कृष्ट प्रतिनिधि, भारतका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, अमेरिकी प्रतिनिधिले उत्कृष्ट कार्यपत्र र इजराइली प्रतिनिधिले उल्लेखनीय प्रतिनिधिको उपाधि जितेका छन् ।

    त्यस्तै, संयुक्त राष्ट्रसंघकै अर्को अङ्ग मानवअधिकार परिषद्अन्तर्गत अष्ट्रियाका प्रतिनिधि सर्वोत्कृष्ट, सुडानका प्रतिनिधि उत्कृष्ट, भारतका प्रतिनिधि उत्कृष्ट कार्यपत्र र श्रीलङ्काका प्रतिनिधिले उल्लेखनीय प्रतिनिधिको पुरस्कार जितेका थिए । स्नेह कर्माचार्यले नेतृत्व गरेको अन्तर्राष्ट्रिय प्रेसअन्तर्गत सुरक्षा परिषद् हेरेका अनिश बरालले सर्वोत्कृट अन्तर्राष्ट्रिय मिडियाकर्मीको पुरस्कार पाए । कार्यक्रममा रूपेश घिमिरे, आश्ना कोइराला, प्रिशा न्यौपाने, क्रिष्टल अधिकारी, प्रशन्न ओली र राजन पौडेलले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।


    गत शुक्रबार सुरू भएको कार्यक्रमको उद्घाटन भरतपुर महनगरपालिका सामाजिक विकास संयोजक परमेश्वर खनालले गरेका थिए । स्वतन्त्ररुपले आयोजना गरिएको यो अभ्यास कार्यक्रम चितवनमा पहिलो भएको र यति ठूलो संख्यामा सहभागी भई आयोजना भएको काठमाडौँ उपत्यकाबाहिरको यो पहिलो कार्यक्रम भएको कार्यक्रमको संयोजन गरेका मावि तहप्रमुख अर्जुनजी शर्माले जानकारी दिए ।

    कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्राचार्य सुमन पौडेलले ‘एएमयूएन’ विशाल मञ्च भएको र यस मञ्चमार्फत् सहभागीले कुटनीतिक सीपको विकास गरी आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाउने बताए । उनले भने, ‘यो एउटा विशाल मञ्च हो, जहाँ सहभागीले आफूभित्रको प्रतिभा प्रदर्शन गरी विश्वव्यापी समस्याको जानकारी लिने, त्यसको कारण पत्ता लगाई समाधनसमेत सुझाउन सक्छन् ।’ ‘मञ्च र ‘मास’मा बोल्न हिच्किचाउने विद्यार्थीका लागि पनि कार्यक्रम निकै उपयोगी छ’, उनले भने ।

    कार्यक्रमका महासचिव सहप्राचार्य ओमराज मैनालीले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीहरुले सामाजिकीकरणको मह¤व बोध गरेको, ‘डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।

    चितवनमै पहिलोपटक सञ्चालन भइरहेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन्स (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत २८१ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गरी बहस गरेका थिए । उनीहरुले विश्वव्यापी समस्याका बारेमा आफूहरुले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएका हुन् ।

    कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्कीले बताइन् । उनले भनिन्, ‘हामीहरु भारतका विभिन्न प्रख्यात विश्वालयहरुमा लगातार तीन वर्षसम्म आयोजित कार्यक्रमहरुमा सहभागी हुने मौका पाएर अहिले आफ्नै विद्यालयमा विशिष्ट किसिमको कार्यक्रम आयोजना गर्न सफल भयौँ ।’

    अभ्यास गरिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको थियो भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने गरी अध्ययन, अनुसन्धान र बहस गरेका थिए ।
    कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाई विद्यालयका आवासीय निर्देशक नईम चौधरी, कार्यकारी निर्देशक, युवराज शर्मा, निर्देशक सरला पौडेल, कार्यक्रमका सल्लाहकार एवं प्राचार्य सुमन पौडेल, सहप्राचार्य एवं महासचिव ओमराज मैनाली, उपमहासचिव प्राध्यपाक रीताकुमारी उपाध्याय र कार्यक्रम संयोजक अर्जुनजी शर्मालगायतले प्रमाणपत्र, ट्रफी र मायाको चिनो वितरण गरेका थिए ।

     

    थप समाचार:

    “अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ” कार्यक्रममा विद्यार्थीहरूले पेश गरे आफ्ना अनुसन्धानका धारणा (फोटोफिचर)

    अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रममा विश्वव्यापी समस्याबारे प्रतिनिधिहरुले गरे परिचर्चा

    त्रिदिवसीय ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आजदेखि सुरू

  • ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम
  • अङ्कुरम् एकेडेमी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

  • रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

  • समाचार
  • १

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • २

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • ४

    मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
    २०८३ भाद्र २, मंगलबार

  • ५

    आज कल्की जयन्ती मनाइँदै, के छ महत्व?
    २०८३ भाद्र २, मंगलबार

  • ६

    देशका अधिकांश स्थानमा बर्षाको सम्भावना
    २०८३ भाद्र २, मंगलबार

  • ७

    प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने
    २०८३ भाद्र १, सोमबार

  • ८

    ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु
    २०८३ भाद्र १, सोमबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र १, सोमबार

  • १०

    आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
    २०८३ भाद्र १, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution