• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
२

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
३

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
४

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
५

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
६

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
७

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
८

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
९

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
१०

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
११

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
१२

गैंडाकोटमा ईभी माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

२०८२ श्रावण ३१, शनिबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २७

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र ५, बुधबार

  • ४१५ पटक पढिएको
  • १.  ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र कुन हो ? 

     अमेरिका

    – प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।

    – नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो ।

    – पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।

    – ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ ।

    २.  बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा को चयन भएका छन् ? 

     मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता)

    – सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।

    – आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो ।

    – हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।

    ३.  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि कसले जित्यो ? 

     भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट

    ४.  ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भयो ? 

     सन् २०२४ अगस्ट ९

    –  ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।

    ५.  प्रहरी सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ? 

     वसन्तपुर, काठमाडौँ

    –  वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम बनाइने भएको छ ।

    ६.  साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान कसलाई प्रदान ग¥यो ? 

     कवि मणि लोहनी

    – सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो ।

    – व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो ।

    ७.  एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कहिले अनुमति प्रदान गरियो ?

     विसं २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८)

    –  एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

    ८.  लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? 

     मिजान लोपेज (क्युबा)

    –  क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।

    ९.  उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी को हुन् ?

     क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)

    –  मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् ।

    १०.  ‘दादानी प्रथा’ कस–कसको बिचमा प्रचलित व्यापारिक प्रथा हो ?

     अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबिच

    ११.  सवारीसाधनको धुवाँको मात्रा नाप्ने एकाइ एचएसयु को पुरा रूप के हो ?

     हाट्र्रिज स्मोक युनिट

    १२.  नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

     विसं १९४६ साउन १२

    १३.  अन्तरिक्षमा सबैभन्दा बढी समय बिताई कीर्तिमान कायम गर्ने अन्तरिक्ष यात्री को हुन् ? 

     ओलेग कोनोने

    – रुसी अन्तरिक्ष एजेन्सी रस्कोमसले कोनोने अन्तरिक्षमा एक हजार दिन बिताउने पहिलो व्यक्ति भएको घोषणा गरेको छ ।

    – ५९ वर्षीय कोनोनेले आफ्नो पाँचौँ अन्तरिक्ष यात्रामा हजार दिनको कोसेढुङ्गा पार गरेका हुन् ।

    – कोनोनेले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्को अन्तरिक्ष यात्री गेनाडी पेडाल्काको कीर्तिमान भङ्ग गरेका हुन् । पेडाल्काले अन्तरिक्षमा ८७८ दिन बिताएका थिए ।

    – आगामी सेप्टेम्बर २३ मा कोनोने पृथ्वीमा फर्कने कार्यक्रम छ । योसँगै कोनोनेले अन्तरिक्षमा कुल एक हजार ११० दिन बिताउने छन् ।

    १४.  चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ? 

     विसं २०८१ साउन ३२

    १५.  हिमाली जिल्ला सोलुखुम्बुको थामेमा ठुलो क्षति हुने गरी कहिले बाढी आयो ? 

     विसं २०८१ साउन ३२

    – बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँका दर्जनौँ घर एवं होटल, विद्यालय बगायो ।

    – बाढीको वितण्डापछि थामे गाउँ बगरमा परिणत भयो ।

    – हिमताल विष्फोटनका कारण सो बाढी आएको जनाइएको छ ।

    १६.  गाईखुरे झरना कुन जिल्लामा पर्छ ? 

     लमजुङ

    १७.  थाइल्यान्डको संवैधानिक अदालतले पदीय मर्यादामा आँच आउने कार्य गरेको भन्दै प्रधानमन्त्री श्रेथा थामिसिनालाई पदमुक्त गर्ने आदेश कहिले दिएको हो ?

     सन् २०२४ अगस्ट १४

    – फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट अगस्ट १४ मा भएको अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा पदमा रहन नसक्ने भएका हुन् ।

    – यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो ।

    १८.  पेरिस ओलम्पिक २०२४ मा फुटबलको स्वर्णपदक जित्न सफल राष्ट्र कुन हो ? 

     स्पेन

    – स्पेनले घरेलु टिम फ्रान्सलाई हराएर अतिरिक्त समयमा ५–३ ले हराएर स्वर्ण पदक जित्यो ।

    – एक महिनाको अन्तरालमा स्पेन दुई प्रमुख प्रतियोगिता जित्न सफल भएको छ ।

    – इङ्ल्यान्डलाई हराएर स्पेन युरोपेली च्याम्पियन भएको एक महिना पनि भएको छैन ।

    – फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको हो ।

    – स्पेनले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो ।

    १९.  सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?

     विसं २०७७ चैत २५

    – सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको छ ।

    – सार्वजनिक प्रशासनको सुधारका लागि पहिलो पटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको हो ।

    – सरोकारवालाहरूमा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबिच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान् जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नु जस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।

    २०.  नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

     लिच्छवि काल

    २१. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?

     ५० एक्युआईभन्दा तल

    –  विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको छ । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको छ ।

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र अनलाइनबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

  • सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

  • भदौ २९ गते आइतबारको राशिफल

  • रवि लामिछाने कारागार फर्किए

  • समाचार
  • १

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ भाद्र २९, आईतबार

  • २

    सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने
    २०८२ भाद्र २९, आईतबार

  • ३

    भदौ २९ गते आइतबारको राशिफल
    २०८२ भाद्र २९, आईतबार

  • ४

    रवि लामिछाने कारागार फर्किए
    २०८२ भाद्र २८, शनिबार

  • ५

    गाउँपालिका अध्यक्षले भनेः देश जल्दा खुसी हुने भष्मासुर कर्मचारी जागिर छाड्नुस्
    २०८२ भाद्र २८, शनिबार

  • ६

    प्रधानमन्त्री कार्कीलाई दलाई लामाले पठाए बधाई सन्देश
    २०८२ भाद्र २८, शनिबार

  • ७

    जेनजी आन्दोलनमा माओवादीका १९ नेताका घरमा तोडफोड र आगजनी
    २०८२ भाद्र २८, शनिबार

  • ८

    जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की
    २०८२ भाद्र २८, शनिबार

  • ९

    प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार
    २०८२ भाद्र २८, शनिबार

  • १०

    प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा
    २०८२ भाद्र २८, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution