• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

स्तनपान सम्बन्धी ७ भ्रम र थाहा पाउनुपर्ने अन्य कुराहरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ आश्विन ५, शनिबार

  • ३३० पटक पढिएको
  • विश्वभरि प्रत्येक वर्ष हुने बालमृत्युको १६ प्रतिशत पर्याप्त स्तनपान नगराएका कारण हुने गरेको बालबालिकासम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूनिसेफले जनाएको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले स्तनपान गराउने महिलाहरूलाई अझ बढी सहयोग गर्न समाज र स्वास्थ्यसेवामा संलग्न कर्मचारीहरूसँग आग्रह गरेको छ।

    त्यसमा स्तनपान गराउन अनुकूल स्वास्थ्यसेवा प्रणालीको उपलब्धता, जहाँ पनि र जतिबेला पनि स्तनपान गराउन पाउने महिलाको अधिकार र सामुदायिक सहयोग पर्छन्।प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो साता ‘विश्व स्तनपान सप्ताह’ मनाइन्छ।

    यद्यपि स्तनपानबारे अझै पनि धेरै भ्रमहरू छन् जसका कारण महिलाहरू यसका लागि तयार हुँदैनन्। हामीले दुई विशेषज्ञहरूलाई त्यसबारे विद्यमान मुख्य भ्रमहरू निवारण गर्न आग्रह गरेका छौँ।

    क्यट्रिओना वेट यूनिभर्सिटी अफ लिभरपुलमा क्लिनिकल फार्मकोलजी र विश्वस्वास्थ्य विषय प्राध्यापन गर्छिन् । उनी यूगान्डास्थित माकेरेरे यूनिभर्सिटी कलेज अफ हेल्थ साइअन्सेजमा शोधकर्ताका रूपमा आबद्ध छिन्। एलस्टर सट्क्लिफ यूनिभर्सिटी कलेज लन्डनमा बालरोग विषयका प्राध्यापक हुन्।

    भ्रम १: स्तनपान गराउँदा दुख्छ र स्तनमुख ठूलो हुन्छ?
    प्राध्यापक वेट: यसको उत्तर दिन अलि कठिन छ। सुरुसुरुमा अप्ठ्यारो लाग्नु एकदमै सामान्य कुरा हो र पहिले स्तनमुख फुल्न सक्छ तर बिस्तारै त्यसमा बानी पर्छ। यद्यपि स्तनपानका कारण कसैलाई पनि धेरै दुखाइ हुँदैन। यस्तो भयो भने स्तनमुखमा सङ्क्रमण भएको वा बच्चाले राम्रोसँग नचुसेको हुन सक्छ।

    केही असहजतालाई सामान्य रूपमा लिनुपर्छ र विशेषतः पहिलो पटक आमा भएका महिलाले स्तनपान गराउन बानी पर्न केही समय लाग्न सक्छ। यदि धेरै दुख्यो वा अप्ठ्यारो भयो भने त्यसबारेमा चिकित्सक, नर्स वा सुँडिनीसँग सल्लाह गर्नुपर्छ।

    भ्रम २: सुरुमै थालिएन भने स्तनपान गराउन सकिँदैन?
    प्राध्यापक सट्क्लिफ: सुत्केरी महिलालाई स्तनपान गराउन प्रोत्साहित गर्नु राम्रो हो। समयको समयसीमा थोपरेर मानिसको आनीबानीमा गरिने बाधा विज्ञानमा आधारित छैन।

    बच्चा जन्मिनेबित्तिकै आमाको दूध चुसाउनुका धेरै फाइदाहरू छन्। तीमध्ये सबैभन्दा प्रमुख पोषण हो। यसले गर्भाशय खुम्चिने प्रक्रिया सुरु गर्न पनि सहयोग गर्छ र सुत्केरी भएपछि हुने रक्तस्राव रोक्न वा कम गर्न पनि सघाउँछ।

    बच्चालाई जन्म दिएको केही दिनसम्म शरीरले उच्च प्रोटीनयुक्त ‘कोलोस्ट्रम’ नामक पदार्थ बनाउँछ। ‘बिगौती दूध’मा हुने यो पदार्थ निकै उपयोगी हुन्छ र यसले दूध उत्पादनको यात्रा सुरु गराउँछ।

    भ्रम ३: स्तनपान गराउँदा कुनै औषधि सेवन गर्नु हुँदैन?
    प्राध्यापक वेट: विश्वको जुनसुकै स्थानका महिलाले पनि सोध्ने पहिलो प्रश्न यही हो।

    के औषधि सेवन गर्दा बच्चालाई केही हुँदैन? वास्तवममा धेरै औषधिहरू धेरै कम मात्रामा मात्रै बच्चासम्म पुग्छन्। चिकित्सकले तपाईँलाई औषधि खानुपर्छ भनेको अवस्थामा तपाईँ उनलाई सोध्नुहोस्। तर धेरै हदसम्म औषधि सेवन सुरक्षित नै हुन्छ। बच्चालाई चाहिने सबैभन्दा प्रमुख कुरा स्वस्थ आमा हो। सङ्क्रमण, डिप्रेशन वा सामान्य दुखाइका लागि प्रयोग हुने धेरैजसो औषधि स्तनपान गराउने महिलाले सेवन गर्न सुरक्षित नै मानिन्छन्।

    स्तनपानका समयमा प्रयोग गर्न नहुने औषधि एकदमै कम छन्। प्रायः क्यान्सरजस्ता गम्भीर स्वास्थ्य अवस्थाको उपचारका लागि प्रयोग हुने औषधिहरूमा मात्रै त्यसमा पर्छन्।

    केही औषधिहरूबाट लाभ र हानि दुवै हुन्छ। स्तनपानका समयमा सेवन गर्न सिफारिस गरिएका औषधिको प्रयोग कति सुरक्षित हुन्छ भनेर आमाले चिकित्सकलाई प्रश्न सोध्नुपर्छ।

    यो अवस्थामा सेवन गर्दा ध्यान दिनुपर्ने भनेको चिकित्सकको सिफारिसबिना सोझै खरिद गर्न सकिने औषधिहरू हुन्। रुघा वा ज्वरोका औषधिले आमाको दूध उत्पादन घटाउन सक्छ।

    अर्को चाहिँ जडीबुटीबाट बनेका औषधिहरूबारे पनि सचेत हुनुपर्छ किनभने त्यो बनाउन के प्रयोग भएको छ भन्ने थाहा नहुन सक्छ र त्यसमध्ये धेरै तत्त्वको राम्रोसँग अध्ययन नभएको पनि हुन सक्छ।

    भ्रम ४: स्तनपान गराउनुअघि सादा खाना खानुपर्छ, मसला भएको खानेकुरा बार्नुपर्छ?
    प्राध्यापक वेट: स्तनपान गराउँदा बार्नुपर्ने खानेकुरा केही छैन। यद्यपि तपाईँको दूधको संरचना आहारबाट प्रभावित हुन सक्छ। कतिपय अवस्थामा महिलाहरूले त्यसको क्रम महसुस गर्न सक्छन्। उदाहरणका लागि, मैले आफ्नो बच्चा हुर्काउने क्रममा पनि यो याद गरेकी छु। यदि मैले सुन्तला वा त्यो प्रजातिका फलफूलको जुस पिउँदा बच्चामा धेरै चिडचिडाहट हुने गरेको पाएकी थिएँ।

    तपाईँको आहारबाट बच्चाहरूले जनाएको प्रतिक्रियाबाट तपाईँले खानेकुरामा दिनुपर्ने ध्यान पहिचान गर्न सक्नुहुन्छ। तर चिकित्सकीय रूपमा अनुचित वा हानिकारक वा बार्नुपर्ने भन्ने कुनै पनि खानेकुरा छैन।

    भ्रम ५: स्तनपान गराएपछि बच्चालाई कहिल्यै पाउडर दूध दिनु हुँदैन?
    प्राध्यापक वेट: यो कुरा पनि पूरै साँचो होइन। यद्यपि आमाको दूधमा हुने उत्पादन बच्चाको चुसाइ वा आवश्यकतामा भर गर्छ। महिलाको शरीर अद्भुत हुन्छ, उनीहरू आफ्नो बच्चाको लागि चाहिने जति दूध उत्पादन गर्न सक्छन्।

    बच्चाले स्तनमुख चुस्दा महिलाको शरीरमा भएका होर्मोनहरूलाई ठिक मात्रामा दूध उत्पादन गर्नका लागि आदेश जान्छ। तसर्थ तपाईँले सानो शिशुलाई वा ठूलो बच्चा वा जुम्ल्याहालाई नै चुसाए पनि आवश्यकतानुसार दूध शरीरले उत्पादन गरिरहेको हुन्छ।

    तर तपाईँले ‘फर्मुला’ भनिने पाउडर दूध दिन सुरु गर्नुभयो भने शरीरले पाउने प्रतिक्रिया प्रभावित हुन्छ। तपाईँको शरीरले बच्चालाई थप दूध आवश्यक भएको सङ्केत पाउँदैन।

    दूध पुर्‍याउन समस्या भयो र तपाईँले पाउडर दूध दिन सुरु गर्नुभयो भने त्यसले केही समय राहत दिन सक्छ। तर त्यसले वास्तविक समस्या चाहिँ अझै खराब बनाउन सक्छ।

    अर्कोतर्फ यदि तपाईँले राति राम्ररी सुत्न पाउनुभएको छैन वा थकित वा बिरामी हुनुहुन्छ भने तपाईँलाई आराम होस् भनेर बच्चालाई पाउडर दूध दिन सकिन्छ। तर त्यसपछि तपाईँले आफ्नो बच्चालाई खुवाउनै नसक्ने कुरा साँचो होइन।

    भ्रम ६: बिरामी भएको बेला स्तनपान गराउनु हुँदैन?
    प्राध्यापक सट्क्लिफ: यो पनि भ्रम हो। एउटी आमाले आफ्नो बच्चालाई खुवाउन नसक्ने एउटा मात्र अवस्था छ। त्यो भनेको उनमा एचआईभी वा हेपाटाइटिस सङ्क्रमण देखिएको अवस्था हो। यी भाइरसहरू दूधबाट बच्चामा पुग्न सक्छन्। यो दु:खद अवस्था हामीले यसअघि देखेका छौँ।

    धेरैजसो बिरामी अवस्थामा बच्चाहरूलाई आमाको दूध खुवाउँदा कुनै समस्या हुँदैन। किनभने बिरामी हुँदा आमाको शरीरमा एन्टिबडीहरू तयार हुन्छन् र त्यसले नवजातशिशुहरूलाई बचाउँछ। स्तनपानको माध्यमबाट आमालाई लागेको रोग सन्तानमा सर्ने एकदमै बिरलै हुन्छ।

    भ्रम ७: एक वर्षभन्दा बढी स्तनपान गराएका बच्चालाई बानी छुटाउन गाह्रो हुन्छ?
    प्राध्यापक वेट: विश्व स्वास्थ्य सङ्गठनले बच्चाहरूलाई जन्मेको छ महिनासम्म स्तनपान मात्र गराउन सिफारिस गर्छ।

    त्यसपछि उसलाई अन्य पोषक तत्त्वहरू खुवाउन सकिन्छ। तर आमाले चाहेसम्म बच्चालाई स्तनपान गराइरहन भनिएको छ। स्तनपान गराउन कहिले रोक्ने भन्ने विषयमा कुनै विशेष सल्लाह छैन।

    यूकेजस्ता उच्च आय भएका देशहरूमा एकदेखि दुई वर्षबीचको अवधिमा अधिकांश बच्चाहरूलाई आमाको दूध छुटाइन्छ। यूगान्डाजस्ता अन्य न्यून आय भएका देशहरूमा आमाहरूले आफ्ना बच्चाहरूलाई दुईदेखि तीन वर्षसम्म दूध खुवाउने गर्छन्।

    धेरै देशहरूमा पर्याप्त सुत्केरी बिदा दिने प्रचलन छैन। यस्तो बिदाले आमाहरूलाई आफ्ना बच्चाहरूलाई स्तनपान गराउन सजिलो बनाउने विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ। बीबीसीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का

  • नेपाल नामिबियासँग ८ विकेटले पराजित

  • वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय

  • समाचार
  • १

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • २

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ३

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ४

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ५

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ६

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    अर्थ मन्त्रालयको पूर्व सहमति नलिई चार पाङ्ग्रे सवारी खरिद गर्न नपाइने
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    देशका अधिकांश स्थानमा भारी बर्षा हुने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक
    २०८३ श्रावण ४, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution