• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ १, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
३

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
४

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
५

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
६

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
९

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
१०

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
११

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१२

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार

गैंडाकोटमा जारि महोत्सवमा जातीय परम्परागत घर अवलोकनकर्ताको रोजाइमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ मंसिर १, शनिबार (७ महिना अघि)

  • ३६४ पटक पढिएको
  • नवलपुर । नवलपुरको गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति संरक्षण गर्न उनीहरूको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।

    महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ ।

    गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरूको पोसाक, उनीहरूको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र  स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरूले प्रयोग गर्ने औजारहरू न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ । त्यसैगरी, मगर जातिको पर्वहरूमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरूको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए ।

    महोत्सवको सांस्कृतिक समितिका संयोजकसमेत रहेका मगरले जनजातिहरूको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरू राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरूले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । “नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जनजातिहरुको संस्कृति हराउँदै गइरहेको छ” उनले भने, “हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरूलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।”

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरू आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । “जातजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरूको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ” उनले भने, “जातीय खानाहरूसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।” सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरू प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए ।

    “थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, हाँसका परिकार, ढिकर (चामलको पिठोलाई पानीको वाफमा उसिनेर पकाइने एकप्रकारको रोटी) प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ” अध्यक्ष भट्टचनले भने, “त्यहाँ उनीहरूले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतो, हलो, जुवा, नारा लगायतका परम्परागत औजारहरू समेत राखिएका छन् ।” पाँच वटै जातिका घरमा उनीहरूले प्रयोग गर्ने परम्परागत तर, लोपोन्मुख सामग्रीहरु प्रदर्शन गरिइएको छ ।

    अध्यक्ष भट्टचनले जातजातिहरूको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा सांस्कृतिक घरहरू निर्माण गरिएको बताए । “परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नै छैन” उनले भने, “उनीहरूलाई हाम्रो जातजातिको सांस्कृतिक कुराहरूसहित भेषभूषा, रहनसहनबारे जानकारी गराउने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको हो ।” मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गरिँदा सबै समुदायलाई जातजातिको संस्कृति बारे जानकार र सचेत गराउन तथा संस्कृति पुस्ता हस्तान्तरणको लागि समेत महत्त्वपूर्ण हुने भट्टचनले बताए ।

    महोत्सवको सांस्कृतिक समिति संयोजक मगरले नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको बताए । पहाडका गुरुङ, मगर तामाङ, भावर क्षेत्रका चेपाङ तथा तराईका थारु समुदायका कला, संस्कृति र उनीहरूको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षण समेत बढाएको मगरले बताए । अहिलेका युवा पुस्ताले सुन्ने गरेको तर पहिले प्रयोगमा आउने गिठा, भ्याकुरको स्वाद लिन र संस्कृतिबारे प्रत्यक्ष अवलोकन गरेर बुझ्नका लागि सांस्कृतिक घरमा दर्शकहरू आउने गरेको उनले बताए ।

    आदिवासी जनजाति महासङ्घ गैँडाकोटका पूर्वनगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरहरू समेत मेला महोत्सवमा राख्नुपर्ने बताए । “क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन् ।” आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले एकअर्काको संस्कृति बुझ्न तथा नेपालीहरूको बिचमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ ।

    अन्यत्रबाट आएर नवलपुरमा बसोबास गर्दै आएका जातजातिको पहिचान र उनीहरूको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए । आफूहरूको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भन्नकै लागि महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरूको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्नहरू राखिएको गुरुङको भनाइ छ । यस महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरी सुरुमै निर्माण गरिएकाले पनि चासोका साथ यसलाई लिइएको छ ।

    निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरूको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालिगडहरू प्रयोग गरिएको थियो ।

    चितवनको भरतपुरमा महोत्सव हेर्न आउनुभएको युवा रामप्रसाद खनालले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए । “भावर क्षेत्रमा बसोबास गर्ने चेपाङको बारेमा धेरै सुनेको थिएँ, उनीहरूले खाने कन्दमूलको बारेमा सुनेको थिएँ, तर देख्न पाएको थिइनँ” खनालले भने, “गण्डकी प्रदेश महोत्सवमा आएर चेपाङसहित अन्य जातिको जातीय पहिचानको बारेमा प्रत्यक्षरुपमा देख्न र बुझ्न पाएँ ।” महोत्सवमा उनले जनजातिको परम्परागत घरसँगै उनीहरूको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको बताए ।

    कास्कीको पोखराबाट यस महोत्सवमा पुग्नुभएकी सुजाता कुँवरले जीवनमा कहिल्यै अनुभव नगरेको ढिकर, घोँङी देख्न र चाख्न पाउँदा रमाइलो लागेको बताए । “हाम्रो मौलिकता झल्किने सामग्रीहरूले हाम्रो इतिहास, कला र संस्कृतिबारे बुझ्न त मद्दत गरेकै हुन्छ” उनले भने, “त्यसका साथ साथै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका सँगै संस्कृति संरक्षणमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याएको हुन्छ ।” संस्कृति बुझ्न र उनीहरूले प्रयोग गर्ने परिकार पकाएको र पकाउने तरिकाबारे बुझ्दा खानाका पारखीहरूका लागि फाइदा पुग्ने उनको भनाइ छ ।रासस

  • गण्डकी प्रदेश महोत्सव–२०८१
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु

  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

  • पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

  • गण्डकी लगायतका पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा

  • समाचार
  • १

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • २

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ३

    पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
    २०८२ अषाढ १, आईतबार

  • ४

    गण्डकी लगायतका पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा
    २०८२ अषाढ १, आईतबार

  • ५

    नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
    २०८२ अषाढ १, आईतबार

  • ६

    निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
    २०८२ अषाढ १, आईतबार

  • ७

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी
    २०८२ जेष्ठ ३१, शनिबार

  • ८

    त्रिविका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लगाए ताला
    २०८२ जेष्ठ ३१, शनिबार

  • ९

    चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता
    २०८२ जेष्ठ ३१, शनिबार

  • १०

    चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते
    २०८२ जेष्ठ ३१, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution