बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुदान स्वरुप भरतपुर महानगरपालिकालाई उक्त रकम निकासा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको बजेटमा नै विनियोजन गरिएको रकम महानगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो । प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराएको थियो ।
यस्तै, प्रदेश प्रमुखको कार्यालयको सबलीकरणका लागि १० लाख बजेट उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सिटिइभिटी) प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट निवासी शान्ति लामालाई नियुक्त गरेको छ ।
बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड दफावार छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे