बिहीबार दिउँसो १ बजे सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बराईजिउलामा भे १ ख ३९९४ नम्बरको हाईस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरेका छन् । घाइते मध्य १४ जनालाई उपचारको लागि नेपालगन्ज पठाएको छ भने एक जनालाई चौरजहारी अस्पताल ल्याइएको छ ।
घाइते हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका ४ बस्ने २८ वर्षीय चालक पारस आचार्य, सोही वडा निवासी ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, ३५ बर्सिया निर्मला बुढाथोकी, १० बर्सिया जेनिशा बुढाथोकी, ७ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिभान टमाटा, २३ वर्षीय भुवन लामिछाने, सोही गाउँपालिका वडा नम्बर २ निवासी ३२ बर्सिया दिपा बुढाथोकी, उहाँको ६ बर्सिया छोरी कोपिला बुढाथोकी, वडा नम्बर १ निवासी १६ वर्षीय ईन्द्र रावत र २६ वर्षीय डोेले बस्नेत रहनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे