२०७९ असोज ३० गते मलेसिया गएका शाही अन्तत ३३ महिनापछि गएको असार ३२ गते नेपाल फर्किएका थिए। उनले सुर्खेतमा आफ्ना भाईबहिनी र छोराछोरीसँग १० दिन बिताएर साउन १० गते बिहान मूलघर दैलेख जान हिँडेका थिए।
तर सोही दिन दुल्लू नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा उनको शव भेटिएको हो। शव फेला परेपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार शाहीको घाँटी थिचिएको र टाउकोमा धारिलो हतियार प्रयोग गरिएको देखिएको छ।
शव पानी बग्ने खोलाको किनारमा भेटिएको थियो। परिवारका अनुसार शाहीका चार वर्षीय छोरा, छ र आठ वर्षकी दुई छोरी छन्। एक वर्षअघि श्रीमती डल्ली शाही गाउँकै अर्का पुरुषसँग विवाह गरी गएकी थिइन्। त्यसपछि शाहीले अर्की महिलासँग विवाह गर्ने सहमति गरेका थिए।
आफूलाई अविवाहित बताउने ती महिलाले मलेसियामै रहँदा शाहीसँग झन्डै चार लाख रुपैयाँ मगाएकी थिइन्। तर नेपाल फर्किएपछि ती महिलाले आफू विवाहिता भएको र एक छोरा रहेको खुलाएकी थिइन्।
सुरेन्द्रका बुबा बखत शाहीले भने, “छोराले टेलिफोनमा ती महिलाबारे सल्लाह माग्दा मसँगै कुरा गरेका थिए। मैले राम्ररी बुझेर मात्र निर्णय गर्नू भनेको थिएँ।” परिवारको आशंका अनुसार योजनाबद्ध ढंगले ती महिलामार्फत शाहीको हत्या गराइएको हुनसक्छ।
नेपाल फर्किएपछि उनले ती महिलासँग विवाहबारे कुरा गर्दा महिलाले भेट्न इन्कार गरेको र पछि आफू विवाहित भएको बताएकी थिइन्। हत्या सम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सोधपुछका लागि ती महिलालाई नियन्त्रणमा लिइएको छ भने सुरेन्द्रको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको प्रकृति र पृष्ठभूमिका आधारमा विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे