२०८२ आश्विन १४, मंगलबार
आज बिहान करिब ४:२५ बजेको समयमा इच्छाकामना गाउँपालिका वडा नं.५ स्थित २ नं पुल नजिकै बिग्रेर रोकि राखेको बा ४ ख ११४० नं. को र्याकरमा इभी माईक्रो ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकरी दिएको छ।
नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ००६९ नम्बरको EV माइक्रो ठक्कर खादा माइक्रोमा सवार ९ जना घाइते भई उपचारको लागी एम्बुलेन्समा राखि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुवै सवारी साधनमा क्षति भएको छ भने माइक्रोमा सवार घाइतेहरूको पुरानो मेडिकलमा उपचार भैरहेको छ। घाइते हुनेहरुमा माइक्रोमा सबार यात्रुहरु रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
१. जिल्ला नवलपुर देवचुली न पा ३ बस्ने ८१ को तुक बहादुर क्षेत्री(टाउको निधारमा चोट अवस्था मध्यम)
२.ऐ.ऐ बस्ने ७८ कि एक माया क्षेत्री (दाहिने खुट्टामा चोट अवस्था मध्यम)
३.ऐ.ऐ कावासोती न पा ७ बस्ने २५ कि आशा कुमारी महतो(निधारमा चोर अवस्था मध्यम)
४.ऐ.ऐ बस्ने ३० को प्रेम महतो(बायाँ खुट्टामा चोट अवस्था सामान्य )
५.ऐ.ऐ बस्ने २६ कि देवीमाया महतो(दुवै खुट्टामा चोट अवस्था सामान्य)
६.ऐ.ऐ बस्ने निजको छोरी ६ कि बिहान महतो (बायाँ खुट्टामा चोट अवस्था सामान्य)
७.ऐ.ऐ बस्ने ४४ को रन्जित महतो (दाहिने खुट्टामा चोट अवस्था मध्यम
८.ऐ.ऐ बस्ने ४१ कि ज्योति महतो (छाति चोट अवस्था सामान्य)
९.माइक्रो साहु जि.नवलपुर कावासोती नगरपालिका वडा नं.८ बस्ने ४० को रबि गुरुङ ९८६०१५६८७३ अवस्था सामान्य
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे