आज बिहान रुसको सुदूरपूर्वी कामचाट्का क्षेत्रमा १३ फिटसम्म अग्ला छालहरू मापन गरिएको थियो । जापान र संयुक्त राज्य अमेरिकाको सम्पूर्ण पश्चिमी तटलाई जोखिमपूर्ण छालको चेतावनी दिइएको छ ।
कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममा पोस्ट गरिएको भिडियोमा यस भूकम्पलाई “दशकौँ यता आएको सबैभन्दा शक्तिशाली” भूकम्प भनेका छन् ।
होनोलुलु आपतकालीन व्यवस्थापन विभागले “विनाशकारी सुनामी छालाहरू” आउने सम्भावना रहेको भन्दै केही तटीय क्षेत्रहरू खाली गर्न आह्वान गरेको छ ।
जापानी अधिकारीहरूका अनुसार उनीहरूले करिब १० फिटसम्म अग्ला छालाहरू तटीय क्षेत्रमा आउने अपेक्षा गरेका छन् ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार, ८.७ म्याग्निच्युडको भूकम्प रुसको सुदूरपूर्वी शहर पेत्रोपाभ्लोभ्स्क-कामचाट्स्कीबाट १३६ किलोमिटर (८५ माइल) पूर्वमा गएको हो ।
त्यसपछि ६.९ र ६.३ म्याग्निच्युडका थप भूकम्पहरू पनि क्रमशः पेत्रोपाभ्लोभ्स्कबाट १४७ किलोमिटर र भिल्युचिन्स्कबाट १३१ किलोमिटर दक्षिणपूर्वमा मापन गरिएको यू.एस.जी.एस. ले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे