बिहान करिब १० बजेको समयमा कावासोती न.पा. ८ खरकट्टा स्थित पूर्व पश्चिम राजमार्गमा डण्डा बाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ७७७६ नं. को बस आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
बसमा सवार २४।२५ जना मध्ये १३ जना घाइते भई उपचारको लागी भरतपुर तर्फ र कावासोती स्थानिय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
सबै घाइतेको अवस्था मध्यम र सामान्य रहेको छ। घटनाको सम्बन्धमा थप विवरण लिने कार्य भईरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे