जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुशार अनुसार शुक्रबार साँझ भित्री सडक खण्ड कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री ५५ वर्षीया रुकमान परियारलाई ठक्कर दिएको हो।
टाउको, घाँटी र खुट्टामा गम्भीर चोट लागेकाे परियारलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। चालकको खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे