नवलपुरको गैंडाकोट नगरपालिका ५ स्थित आदर्श चोक स्थित राजमार्गमा बिहान करिब ८ बजे नारायणगढ बाट पश्चिम दाङ तर्फ जाँदै गरेको लु प्र. ०१-००१ ख ०७५५ नम्वरको ईभी माइक्रो र बिपरीत दिशा बाट आउदै गरेको ना.५० प १७१ नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्ला पिपरा गा.पा.२ भिखम्पु घर भई गैडाकोट ४ मा बस्ने बर्ष अं. ४० को महेश राउत कुर्मी रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेको नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा उपचार भैरहेको छ। कुर्मीको बाँया खुट्टाको घुँडा भन्दा मुनि चोट रहेको र उनको अबस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
ईभि चालक दाङ घोराही न.पा.वडा नम्वर १० नारायणपुर बस्ने बर्ष ३२ को करन अर्याललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे