नेकपा एमालेले उपसभामुखको विषयमा निर्णय लिन आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएर छलफल गर्ने भएको छ । कांग्रेसले पदाधिकारी बैठकपछि संसदीय दलको बैठक बस्ने भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखलाई हटाउन महाअभियोग लगाउने विषयमा सहमति भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
उपसभामुख रानालाई यसअघि अमेरिकाको भिसाको लागि दुताबासलाई पत्र लेखेर पदको दुरुपयोग गरेको आरोप छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे