सी.जी. “निर्मलश्री”
साहूजी !मलाई दुई किलो प्रेम
एक किलो घृणा
आधी किलो भावना
आधी किलो चोट
एक पाऊ वितृष्णा
र थोरै
घाऊ दिनुस् न
जहाँ मैले सम्बन्धमा
टुट्दै गरेको
आलो घाऊमा मल्हम हैन
नून र चुक दल्न सकौं……………………।
सम्बन्धको मूल्य !
के छ र अचेल ?
लेनदेनको व्यापार
भैदिएको छ सम्बन्ध बस्तु
विनिमयको साटासाट
प्रणालीमा गैदिएको छ
भावनात्मक प्रेम
के छैन र प्रेममा ?
पैसा छ सम्बन्ध छ,
पैसा छैन
भावनामा खेलिन्छ
सम्बन्धलाई
अर्थात
एक किलो दुधमा
सय ग्राम चिनी,केही
चियापत्ती
र अलिकति सुकुमेलको
सुगन्ध मिसाएर
पकाइएको चिया हो
प्रेम ! र सम्बन्ध !
चियादानीमा
छानिएर फ्याँकिएको
चियापत्तीको छोक्रा हो
प्रेमको निसानी
फ्याँकिनु पर्ने
चियापत्तीको छोक्रा………………………..।
प्रेममा अचेल !
यही हाल भैदिएको छ
गुमेको छ प्रेम
हराएको छ भावना
उसले सम्झियो, मैले
सम्झिदिएँ
उसले बिर्सियो,
मैले भुलिदिएँ
यही मानवेत्तर प्रेमको
निसानी
भैदिएको छ
परिवार !
आफन्त !
दाजुभाइ !
दिदिबहिनी !
एवम्
आत्मीयताको धरोहर
प्रेममा चुर्लुम्म डुबेको संसार !
युगल प्रेमिल जोडीमा समेत
अचेल !
प्रेम ! भावना ! समर्पण ! र
सम्बन्ध !
केवल स्वार्थमा बिकेको छ
मानौं
प्रेम !
एउटा व्यापार हो
भावना !
एउटा विनिमयको
माध्यम हो ……………….।
टीकापुर, कैलाली हाल : तिलोत्तमा ५ मणिग्राम
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे